~सुरेन्द्र जोशी~
बीच मा लटरम्म फेलेको राता अनार
पुरानो तार र बारको ओझेलमा
खोलाको किनारमा
सुहाएको छ बेहुलि जस्तै,
पारि सिर्के डाडा बाट असारे आप जस्तै बेलुकी पख
धमिलो गरि चम्किन्छ त्यो मन्दिर
जहाँ म सहर बाट मेरा झोलाका रहर हरु बिसाउन पुग्छु
त्यो मेरो झुपडी
जसरि दिन भरिको भोक ले
मेरा खाद्य नाली हरु फुटेको फर्सि जस्तै आ गर्छन
त्यसरी नै जब मेरा पैताला हरु घर मा पुग्छन
घरका ताला हरु आ गरेर फुक्छन
सायद ताला हरु सँग प्रेमको माला गासिएको हुनसक्छ
बेलुकी पख सम्म मेरै बाटो ढुकछन
जब मेरा खुट्टा ले इट्टा टेक्छ
तब चिनिया कम्पनीका मार्बलको आनन्दले जीवन पाउदैन
जब त्यहि झुपडीमा
मेरो टाउको ले बाउको हातको स्पर्श भेट्छ
तब जापानका सोफा हरु को सोभा हराउछ
जब मेरा आँखाका नानीले मेरै घर
अगाडिको को खोलाको पानि भेट्छ
तब बेलायती रानीको ब्यापार घट्छ
जब मेरा बुढा’बा लौरो टेकी झुकी झुकी
गुन्द्री छेउमै टुकी बाल्छन
तब दिल्लीको चोरिएको चमक झिल्लीमा आउछ
जसरि यो खरको घरमा
टुक्रा टुक्रा मिलेर, दोषी आकाशको निर्दोस आसु रोकिन्छ
त्यसरी नै मेरा प्रत्येक खुसि हरु मिलेर रोकिएका छन,
जसरि गुरास जस्तै
रातो भीरको माटोले भित्ताहरुका दाग रित्ता भएका छन
त्यसरी नै मेरा दुख का भित्ता हरु रित्ता भएका छन,
जसरि आगन छेउमा अनार हरु
लटरम्म भएका छन
त्यसरी नै मेरा सपनाका बारी हरु लटरम्म भएकाछन
लाग्दैछ संसारकै धनि गरिब म
किन कि
पुरै एक सालको लागि भरिएका भकारी हरु छन मसंग,
लाग्दैछ संसारको सबै भन्दा ठुलो तिर्थ यात्री म
किन कि
गंगाको निर्मल जल र गाईकोमल को खानि छ मसंग
त्यसैले सोच्दैछु अझै
केहि साल यही नदीको छाल मा बिताउ जीवन भनि
जहाँ
दुइ जनाको भाडाकुड़ी
प्यारो अनि सानो झुपडी
झुपडीमा म अनि मेरी प्यारी बुढी
खन खन बझ्ने उनका हातका चुडी
प्रेम को लुछाचुँडी
त्यसैमा बसौला बुढाबुढी
मेरो प्यारो झुपडी !!
(स्रोत : रचनाकारको ब्लगबाट सभार)