गीत : आफ्नो भनुँ कसलाई यहाँ

~सुषमा अधिकारी~

पराई तिमी भयौ भने )२
(यति माया गर्दा पनि )२
मलाई छोडी गयौ भने
म त धेरै माया गर्छु
तिमीले छोड्यौ भने
म त मर्छु मर्छु कसम मर्छु…

(संसारका सारा खुशी दिन्छु
तिमीलाई पुग्ने गरी )२
(मन भरि माया तिम्रो
सम्झना छ मुटु भरी )२
म त धेरै माया गर्छु
तिमीले छोड्यौ भने
म त मर्छु मर्छु कसम मर्छु…

(सयौं जुनि तिमीसँगै
जिउँछु पनि भन्दिन म )२
(यो जुनिलाई तिमी बाहेक
अरुको बन्दिन म )२
(आफ्नो भनुँ कसलाई यहाँ
पराई तिमी भयौ भने )२
(यति माया गर्दा पनि )२
मलाई छोडी गयौ भने
म त धेरै माया गर्छु
तिमीले छोड्यौ भने
म त मर्छु मर्छु कसम मर्छु…

शब्द : सुषमा अधिकारी
सङ्गीत : सन्तोष केसी
स्वर : प्रमोद खरेल
एल्बम : सन्तोष

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.