कविता : व्यङ्गोद्गार

~श्यामदास वैष्णव~shyamdas baisrva

‘सत्य’ चिन्ने भए !
‘सत्य’ चिन्ने भए यदि-
‘झूटा’ को सङ्गत गर्न थाल !
तिनले जे-जे भन्छन्-
रगडेर नाक- ‘सही’ हाल !

स्वतन्त्रताको विशेषता जान्ने भए
कसैको ‘चाकरी’ गर्न थाल
गहतको झोलमा चुहाऊ र्‍याल ।
तब गुँज्नेछ भित्र ‘अनहद ध्वनि’
हुन जानेछौ तिमी- सदा ‘अरिनी’ !

‘क्रान्तिकारी’ यदि हुने भए-
गरिब जति छन् सिध्याऊ !
बोतल सिनित्त रित्याऊ !
‘विस्फोटित’ हुनेछ तब ‘ज्वालामुखी’
हुन जाने छैनन् यहाँ कोही दुःखी !

जो जस्तो बन्न चाहन्छौ
‘प्रतिकूलतातिर’ ध्यान दिने गर !
‘नाइके’ बन्ने भए यदि
जाली-फटाहाको सङ्गत गर !
तब प्रशस्त ‘ताली’ खानेछौ !
गाली पचाउन पनि सक्नेछौ !
अनि ‘ख्याति प्राप्त’ भई स्वर्ग जानेछौ
कुकुर पनि साथै लानेछौ ।

(सत्यवादी युधिष्ठिरले कुकुर साथ लिई स्वर्ग गएथे भनिन्छ ।)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.