गजल : राम्रो लाग्छ

~कृष्ण वस्ती~Krishna Wasti_1

जात होइन चिन्तनको, कुल राम्रो लाग्छ ।
फक्रिएका सबैथरी, फूल राम्रो लाग्छ ।।

घामछाया बराबरी, जिन्दगीको माया ।
बाँडी-चुँडी सँगै भोग्दा, शूल राम्रो लाग्छ ।।

रातोदिन मेरो मन, तिमीतिरै जान्छ ।
तिर्खालुका लागि सँधै, मूल राम्रो लाग्छ ।।

चन्द्रमाझैं चारैतिर, घेरिएर खुल्दी ।
तारामुखी दौंतरीको, हूल राम्रो लाग्छ ।।

खानीखोला-वारि गाउँ, पारि पर्यो बेंसी ।
तिम्रोसाथ तर्ने मलाई, पुल राम्रो लाग्छ ।।

नाच्दानाच्दै देखी मलाई, गल्ती कतै गर्छ्यौ ।
मन परेकी मान्छे पर्यौ, भूल राम्रो लाग्छ ।।

वस्तीभरि फैलिएर, बतासमा उड्ने ।
गोधूलिमा तिम्रोसाथ, धूल राम्रो लाग्छ ।।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.