गजल : बाँदर त बाँदर नै हो !

~जीवराज बुढाथोकी~

आचारण असहिष्णु बनेपछि, बाँदर त बाँदर नै हो !
जनतालाई शत्रुमै गनेपछि, बाँदर त बाँदर नै हो !!

जनता यसलाई कति माया गर्छन फलफूल दिन्छन,
तर यिन्कै कठालो समातेपछि, बाँदर त बाँदर नै हो !!

जनसंख्यासंग तुलना गरी हेर्दा योजात लोपोन्मूख हो,
तर यस्तो दुस्साहस गरेपछि, बाँदर त बाँदर नै हो !!

लोकतन्त्र, निर्वाचन र मताधिकार यसलाई के थाह,
निर्दोष् ती आक्रमणमा परेपछि, बाँदर त बाँदर नै हो !!

जंगलमा ढुंगा लडानेले सहरमा अनेक थोक् सिकेछ,
बालबालिका बटुवा ताकेपछि, बाँदर त बाँदर नै हो !!

यसको कृयाकलाप बुझेर पनि अज्ञात नै भनिन्छ यो,
दिएको मान्मर्यादा नबुझेपछि, बाँदर त बाँदर नै हो !!

(२1 हरफका प्रत्येक लाइनमा १२/९ मा बिश्राम)

जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.