~दीपक कुमार ज्ञवाली~
मन गर्दैनन् स्वागत गर्न तै पनि आउँछ्यौ ।
नरुचाए पनि बारम्वार दैलोको सँघार नाध्छ्यौ ।
साछी छ इतिहास गुमेका सुनौला क्षण ।
अब हामीले पाउँदैनौं बितेका ति पल ।
नेपालीको भाग्य खोस्ने रहेनछन् पराई अरु ।
देशमै जन्मेकारहेछन् देशघाति प्रबृत्तिहरु ।
यहि नै रहेछन् देश जनताका घातका पात्रहरु ।
पुर्खाले टुक्रा जोडेर , डसना बनाई दिए ।
लौ बस यस्मा भन्दै , डसना ओछ्याई दिए ।
आज च्यात्दै छन् त्यसलाई बनाई धुजा धुजा ।
कसरी राखूँ नववर्षलाई धुजा परेको डसनामा ।
नना“घ संघार यो देशको तिम्रो इज्जत हुँदैन ।
माला खादाले स्वागत गर्ने छैनन् सत्मानव ।
अब कहिलै नआऊ यहाँ बनेर नयाँ वर्ष ।
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )