कविता : नयाँ वर्षको सौगात

~ऋतिक यादव~

नयाँ वर्षमा नयाँ उमङ्गका लहरका साथ प्रस्तुत भइहाल्नु ,
तिम्रा हरेक दिन नै सफलताको मतलबी सरोकार बन्नेछ ,
नयाँ प्रतिभाको खोजी गरि एक नयाँ पहिचान बनाइहाल्नु,
तिम्रा अगामी दिनमा क्रान्तिको जोडदार एपिसोड बन्नेछ ।

विश्वासको केन्द्रविन्दु भई सत्यताको नै प्रतीक भइहाल्नु ,
तिम्रा जीवनमा सफलताको अब व्यापक शृङ्खला बन्नेछ ,
रिस क्रोध र ईर्ष्या त्याग गरि शितलताको शिकार भईहाल्नु
तिम्रा लक्ष्यप्रतिको अथक भिडन्त पक्कै उदाहरण बन्नेछ।

सबै पुराना गल्ती भुल गरि नयाँ संसारमा लुप्त भईहाल्नु,
तिम्रा प्रगतिको सब बाधकले समयमै आत्मसमर्पण गर्नेछ,
सबै पुराना दुश्मनलाई विर्सेर नयाँ सहयात्री बनाइहाल्नु ,
तिम्रा सबै दुश्मन पनि तिम्रो अनुरागको ओझेलमा पर्नेछ ।

सदाचार र मानवताको महासंग्रामको हिस्सेदार भइहाल्नु,
तिम्रो बदौलत संसारको कार्यशैलीमा पराकम्प आउने छ।
नयाँ वर्षको मेरो सौगातलाई सबैले आत्मसात गरिहाल्नु ,
विजयी कथाको खोजीले तिम्रा जीवनमा सौहार्द भर्नेछ।

– ऋतिक यादव
ओम नेशनल एकेडेमी,+२ विज्ञान कलेज
विरगंज-११,पर्सा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.