~गोविन्ददेव आचार्य~
छन्द : इन्द्रवज्रा
सान्निध्य खोस्ने धन चाहिँदैन
सङ्कल्प तोड्ने मन चाहिँदैन ।।
यी हात जानून् सहयोग, सेवा
बेढङ्गको गन्थन चाहिँदैन ।।
सत्कीर्ति राखूँ युगसम्म टिक्ने
सम्मान वा वेष्ठन चाहिँदैन ।।
आफ्नै कला सँस्कृतिमा रमाऊँ
ढर्रा, विदेशी-पन चाहिँदैन ।।
प्यारी ! म हेरूँ मन-भित्र माया
उत्ताउलो चुम्बन चाहिँदैन ।।
नेपाल हेर्दै म अनन्त बाँचूँ
वैकुण्ठको आसन चाहिँदैन ।।
– विदुर न•पा• 3 शेरा, नुवाकोट ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)