कविता : सोचाइ , बुझाई र भोगाइ

~सुशील श्रेष्ठ~

बन्द गरेको फेसबुक खोल्न मन लाग्यो ,
थोरै भए पनि वास्तविकता शब्दमा पोख्न मन लाग्यो ।

अरूको होइन आफ्नो परिचय देऊ भन्न मन लाग्यो ,
कल्पनामा होइन जिन्दगी यथार्थमा बाच्न सिक भन्न मन लाग्यो।

तिम्रै चाहाना र स्वार्थमा आफूलाई समर्पित गरेँ,
आदर्शको कुरामा होइन जिन्दगी व्यवहारमा जिउन सिकाएँ ।
यही मेरो ठूलो कसुर भनी थापाउँदा आफै निर्णय परिवर्तन गरेँ ,
हावाले होइन मनको दियोलाई, आफैले फेरेको श्वासले निभाउछ भन्ने बल्ल थाहा पाएँ ।।

अब वाचा तोड्दै छु , आफ्नो बाटो मोड्दै छु ,
तिम्रै कारण जिन्दगी काँडा झैँ बोझ भयो भन्दै छु , त्यसैले बुद्धको सिद्धान्त बाट बाहिरिदै छु ।
किन भन्छौ आफैलाई नष्ट पार्दै छु , यसको भागेदारी तिमी आफै हुन्छौ भन्दै छु ,
वास्तविक जिन्दगी के हो तिमीलाई भोगाउँदै छु, त्यसैले त म बाटो मोड्दै छु ।।

बन्द गरेको फेसबुक खोल्न मन लाग्यो ,
थोरै भए पनि वास्तविकता शब्दमा पोख्न मन लाग्यो ।
अरूको होइन आफ्नो परिचय देऊ भन्न मन लाग्यो ,
कल्पनामा होइन जिन्दगी यथार्थमा बाच्न सिक भन्न मन लाग्यो ।।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.