कविता : शुभकामना !!!

~रबिन पुरि~

दिन ले रात लाई हात समाउँदै !
कहिले फकाउदै,कहिले जिस्काउदै !!
वर्ष हिउँद अनि हरेक रितुहरुमा!
कुहिरो,घाम र असिनाका डिक्काहरुमा !!

सूर्यले बादल सँग खेल्दै खेल्दै ,
चन्द्रमाले जुन तारा सँग चल्दै चल्दै !!
समुन्द्रमा आएका छालहरू जस्तै,
वर्षामा पानीले मातिएका खोलाहरूमा !!

पुस माघका जाडो ठन्डिहरुमा !
फागुन र चैतका धूप हरूमा !!
हाँस्दै खेल्दै र नाच्दै !
रमाउँदै बिताएका पल हरूमा !!

हिमालयको शीतल चौतारीहरूमा !
थकाइको भारी हरू बिसाउँदै !!
२०७४ सालको बिदाइ सँगै
२०७५ साल को शुभकामना!!

यात्राका पाइलाहरू परिवर्तन नहोस्!
कर्म को दियोलाई हावाले न भेटोस्!!
तिम्रा हरेक जीवन का पल हरूमा
सफलताको शुभकामना !!

तिम्रो बिचार चन्द्रमामा पुगोस् !
हरेक इच्छा पुराहोस !
हर्ष र खुसीको सधैँ भावना !
नयाँ वर्ष २०७५ सालको धेरै -धेरै शुभकामना !!

रबिन पुरि
हाल Ras Al khaimah ,UAE

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.