गजल : लुटिन्छन् चेलीहरु

~यान प्रकृति~

अचेल दिन दहाडै लुटिन्छन् चेलीहरु
आफ्नै श्रीमानबाटै कुटिन्छन् चेलीहरु

कठै ! ती निर्दाेष सोझा,साझा नानीहरु
आफन्तको हातबाटै बेचिन्छन् चेलीहरु

कस्तो अन्याय अनि अत्याचार हो यो ?
बावुबाटै बलात्कृत भेटिन्छन् चेलीहरु

कसैको भर नपरी अब जाग आफै जाग
कलङ्कका दागहरु मेटिन्छन् चेलीहरु

सुन्दैनन् तिम्रा चित्कारहरु यहाँ कसैले
उठाऊ तरवार वैरी रेटिन्छन् चेलीहरु

-यान प्रकृति
कोहलपुर

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.