गजल : फूल तिमी नयाँ वर्ष सँगै

~रबिन राणा~

वसन्तको फुल हौ चारैतिर ढकमक फूल तिमी नयाँ वर्ष सँगै
मायाप्रेमको खेती हौ सबैको मनमा झुल तिमी नयाँ वर्ष सँगै

तिम्रो हरेक बानी व्यवहार राम्रो अनि सभ्य लाग्छ मलाई
केही त्यस्तो नराम्रो छ भने पार निर्मूल तिमी नयाँ वर्ष सँगै

तिमीले हार्नुमा पनि मेहनत नै छ र जित्नुमा पनि मेहनत नै छ
आफ्नो जिन्दगीको हर हिस्सा गर्नु असुल तिमी नयाँ वर्ष सँगै

सफलताको शिखरता चुम्दै तिमी संसार जित अघि बडी
आफ्नो हरेक जित सँगै फुक्नु बिगुल तिमी नयाँ वर्ष सँगै

अनन्त यात्रामा हिँडेको पाइला कतै नरोकियोस् नठोकियोस्
शुभकामना नयाँ वर्षको बन्नु मान्छे ठूला तिमी नयाँ वर्ष सँगै

रबिन राणा
सिन्धुपाल्चोक

(Source : Writer sent it via ‘Kritisangraha@gmail.com‘ )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.