~रामेश्वर पौडेल~
मरेको माछा राम्रो, मिनेतको भन्छन् धन
जमेको दही राम्रो,भन्छन् रमाएको मन
फूलेको फूल राम्रो भन्छन् बास्ना छरी छरी
मुस्कुराको ओठ राम्रो,मायालुलाई हेरी
हरियाली वन राम्रो, सूसाँउदा सल्लेरी
भेष भूषा आफ्नै राम्रो, ठाँटी हिड्दा तन्नेरी
दौरा सुरूवाल राम्रो, ढाका टोपी लाउँदा
गुन्यू चोली भेष्मा राम्रो, पटुकी बाँधी हिड्दा
पाखा पर्वत राम्रो, हेर गुराँस फूल्नाले
तराई मधेश राम्रो, हेर काश झुल्नाले
हिमाल त त्यसै राम्रो, हेर हीऊँ पर्नाले
झिल्के म त त्यसै राम्रो, नेपाली मन् हुनाले
– रामेश्वर पौडेल
बूढानीलकण्ठ काठमाडौं ।
रचित समय १०:४५ बिहान
मिति:- २०७४-०५-२७