~कृष्ण पाैडेल~
मैले भन्न थालेकाे छु
अाफ्नाे मुक्तिकाे लागि, बर्गीय मुक्तिकाे लागि
याे दुनिया बदल्न हामी अाँफै लड्नु पर्छ ।
पहिले,
नीजी स्वार्थबाट माथि उठेर
दुनिया बुझाैं
अनि,
सबे प्रकारका डरत्रासबाट माथि उठेर
वर्ग संघर्षमा हेलिएर
दुनिया बदलाैं
मैले पत्याउन छाडेकाे छु
सधैं भरि सुन्दै अाएकाे कुरा
तिमी मेराे पछि लाग, सधैं भरि मेराे पछि
तिम्राे मुक्ति मैले नै ल्याइदिनेछु ।
(स्रोत : रातोलाल्टिन डट कम)