कविता : म लाटी

~अमृत सिङ थिङ~

म त बिना नभएको मृग
र पो सिकारी बन्दुक ताक्दैन
छैन म सँग दिने त्यस्तो कुरा
र पो कसैले माग्दैन
फूल म पनि हु फुलेको छु अरु जस्तै
म भित्र मीठो सुगन्ध छैन
रङ्गाउन रङ्गीन रङ छैन
र पो डराउदिन म
ती भमराहरु सँग

दाना नै नलागे पछि
न कसैले चिमोट्लान भन्ने डर
न निचोर्लान भन्ने डर
न टोक्लान भन्ने डर
रस नै नभए पछी
न कसैले चुस्लान भन्ने डर

म पानी बिनाको कुँवा
प्यासीहरु कहिल्यै धाउदैनन्
मेरो छातीमा उफ्रि उफ्रि नाच्न
भ्यागुतो सम्म पनि आउदैनन्
र पो चाेंखो छु , कुमारी छु

म अनुहार नभएकी भट्टीकि साहुनी
भरिया रुन आउदैनन् यहाँ
बटुवा बास माग्दैनन् यहाँ
कथाकारले कथा खोज्दैनन्
कसैले उपन्यास रच्दैनन्

म त काफिया नमिलेको गजल
वा……….वा …ले छुदै छुदैन
अन्तरा बिनाको गिती लहर
सारेगामा बज्दै बज्दैन
भाव बिनाको कबिता
भावहरु डुल्डै डुल्दैन
र पो छु पाना नपल्टाएको
किताब जस्तै नयाँ

अमृत सिङ थिङ
हाल : मलेसिया

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.