गजल : हो यो कस्तो ?

~मबि सिंह~Mabi Singh 'Sirish'

टुट्ने जोड हो यो कस्तो ?
घट्ने योग हो यो कस्तो ?

बैरीलाई हँसाउने
मेरो शोख हो यो कस्तो ?

धामी झाँक्री हार खाए
दीर्घ रोग हो यो कस्तो ?

न्याय पनि माग्नु पर्ने
अफसोच हो यो कस्तो ?

कम दियौ – बढि लियौ
सहयोग हो यो कस्तो ?

आफू चढ्ने सिँढी भाँच्ने
प्रतिशोध हो यो कस्तो ?

दया माया मागी हिड्ने
कमजोर हो यो कस्तो ?

बाँकी हाड खोड मात्र
लुट्ने होड हो यो कस्तो ?

-बोस्टन

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.