~शिशिर शर्मा~
एकादेशमा एउटा जंगल थियो । त्यो जंगललाई चारैतिरबाट ठूलाठूला दुई जंगलले घेरेका थिए । त्यो बीचको सानो जंगलमा िवभिन्न जाति प्रजातिका जनावरहरू बस्थे । उनीहरूको आ–आफ्नै भाषा, संस्कृति, धर्म आदि थियो । यस्तो विविधता भए पनि त्यहाँ सबै जनावरहरू मिलेर बसेका थिए । त्यस जंगलमा जनावरहरूका समूह पनि थिए, राजनीतिक पार्टी जस्तै ७÷८ वर्ष अगाडि सबै जनावरहरूले १९÷२० दिन आन्दोलन गरेर निरंकुश सिंहहरको शासनको अन्त्य गरेका थिए । जनावरको स्वशासन भनेर केही स्याल, ब्वाँसो आदिका समूहले शासन गरेका थिए । जंगलका लागि नयाँ कानुन बनाउनका लागि ५÷६ सय जनावरहरूलाई सबैले पठाएका थिए । तर उनीहरूले कानुन बनाउन सकेनन् ।
त्यो जंगलको दक्षिणतिर रहेको ठूलो जंगलका जनावरले सधै त्यो जंगलको आन्तरिक मामिलामा हस्तक्षेप गर्दथ्यो । सानो जंगलका नाइके जनावरहरू पनि दक्षिणको जंगलका जनावरलाई प्रभु भन्थे । दक्षिणकै हावा लागेर त्यो सानो जंगठलमा राजनैतिक परिवर्तन हुन्थ्यो ।
जनावरले निरंकुश सिंहहरूको शासन अन्त्य गरेको केही समयपछि त्यो सानो जंगलको दक्षिणी भागमा बस्ने जनावरले पनि आन्दोलन गरे । वास्तवमा यो दक्षिणतिरबाट आएको षडयन्त्रकारी हावा थियो । त्यो जंगजलाई टुक्राटुक्रा पारेर आफ्नो जंगलमा गाभ्ने योजना उनीहरूको थियो । दक्षिणका जंगली जनावरका उक्साहटमा परेर सानो जंगलको दक्षिणी भेगका जनावरले उनीहरूको जंगललाई टुक्राउने माग गरे । सिंहको शासन अन्त्य भएपछि बनेको जनावरको सरकारले त्यो मागलाई स्वीकार ग¥यो । केही बुद्धिमान जनावरहरूले त्यसको विरोध गरे । तर त्यो सानो जंगलका देशद्रोही जनावरका नाइकेले जंगल टुक्राउने निधो गरे । तर कुन आधारमा टुक्रा पार्ने, अब विवाद यहाँ प¥ यो । स्यालको पाटीृको माग थियो जातीय आधारमा । उनीहरूको मुख्य स्यालको भनाई यस्तो थियो–“यस जंगलका बहुसंख्यक जनावरहरू उत्पीडनमा परेका छन् । उनीहरू अरू जनावरबाट शोषित भएका छन्, हेपिएका छन् । त्यसैले उनीहरूलाई राज्य छुट्टाएर आ–आफ्नै शासन गर्न दिनुपर्छ । यसले गर्दा हाम्रो जंगल टुक्रिदै टुक्रिंदैन । ”
ब्वाँसोको पार्टीको मुख्य ब्वाँसो भन्दै थियो–“जातीय आधारमा टुक्राउँदा जंगल नै टुक्रिन्छ । त्यसैले भौगोलिक आधारमा जंगललाई बाँड्नुपर्छ । ” अन्ततः जंगल जनावरको जातकै आधारमा बाँडियो, दश टुक्रामा ।
तर सयभन्दा बढी जातका जनावरलाइृ दशवटा राज्यले कहाँ पुग्थ्यो र ? बाँदरहरूले यो मेरो राज्य हो, तिमीहरू जाओ आफ्नै राज्यमा भन्दै मृगलाई लखेटे स्यालले खरायोलाई हात्तिले जरायोलाई यसैगरी आ आफ्नो राज्य अरू जनावरलाई लखेटे । सबै जनावरले राज्य माग्दामाग्दा त्यहाँ जनावरका बीचमा लडाई, अझ भनौं जंगलगृह युद्ध नै शुरू भयो । राज्य राज्यको बीचमा झगडा शुरू भयो । एउटा राज्यबाट अर्को राज्यमा सामानहरू जानै बन्द भयो । धेरै जनावरहरू खान नपाएर मरे । धेरै द्वन्द्वमा मारिए । जताततै रगतै रगत भयो । धेरै जनावर टुहुरा भए, अपांग भए , बेसाहरा भए । उता दक्षिण्तिरका ज ंगलका भूभागहरू दषिणको छिमेकी जंगलमा मिसिए । नचाहँदा नचाहँदै धेरै जनावरले आफ्नो पहिचान गुमाए । विस्तारै , जंगलको अस्तित्व नै गुम्ने खतरा बढ्दै गयो । सबै जनावरहरू आआफ्नै स्वार्थ पूरा गर्नतर्फ लागे ।
त्यतिकैमा केही नेपाली त्यस जंगलमा पुगेछन् । उनीहरूले पनि त्यो जंगलको प्रसिद्धि थाह पाएका रहेछन् । तर उनीहरू त्यहाँ जाँदा जताततै जनावरको सिनैसिनो देखे । दाजुभाईजस्तै मिलेर बस्ने गरेका जनावर एक अर्कालाई मारिरहेका थिए । चारैतिर रगतको खोलो थियो । उता दक्षिणतिरबाट विस्तारै अरू जनावर त्यो जंगलमा प्रवेश गर्दै थिए । नेपालीहरूले जनावरका मुख्य नाइकेहरूलाई बोलाए र कुरा गर्न थाले । नेपाली“ए मुर्ख जनावर हो, के भइरहेको आज यो जंगलमा ? हामीले त तिमीहरू मिलेर बसेका थियौं भन्ने सुनेका थियौं तर यो सब के हो ?”
जनावरहरूले सबै कुरा बताए ।
नेपाली – ए कुरो त्यसो पो । अनि किन टुक्रायौ यो जंगललाई ?
खरायो– हाम्रा केही साथीहरूले त यस कुराको विरोध गरेकै थिए नि । तर के गर्नु हामीले कुरा बुझेनौं । परिणाम यस्तो भो ।
स्याल– होइन होइन, हामीले त सबै जनावरले शासन गर्न पाउन भनेर पो यसो गरेका थियौं ।
मृग– झुट घ् तिमीहरूले हाम्रो जंगललाई सिद्धयाउन यसो ग¥यौं । तर हामी जनावरहरू नै बुद्ध हौं । कुरै नबुझी….
नेपाली– अनि धेरै जनावरले त यसको विरोध गरेका थिए त होइन र ?
जरायो– हो हो, हामीमध्ये धेरैले यसको विरोध गरेका थियौं तर खुलेर विरोध भने केहीले मात्र गरे ।
नेपाली– हो…. कुरा बुझेपछि तिमीहरूले तिनीहरूले यसको खुलेआम विरोिध गर्नु पथ्यो नि, यस्तो हालतमा तट जंगल हुने थिएन ।
हात्ती – त्यही त, हामीले पहिले नै जनावरको जातका आधारमा होइन, जंगलको भौगोलिक अवथाका आधारमा जंगललाई बाढौं भनेका थियौ नि ।
नेपाली– होइन, तिमीहरूलाई जंगल बाँड्नु चाहिं किन प¥यो । त्यत्तिकै पनि तिमीहरू यो जंगललाई राम्रोब नाउन सक्थ्यौं नि । भौगोलिक आधारमा पनि यो जंगलमा कतै घना वन छ, कतै थोरै रूखमात्र । कतै सङलो पानी बग्छ, कतै पानी नै छैन । कतै उर्वरा जमिन छ, कतै बाँझो राख्नुपर्ने ठाउँ । मैल्े के भन्न खोजेको भने यहाँ प्राकृतिक स्रोत साधन एक रूपले बाँडिएको छैन । सारमा तिमीहरूले जंगललाई टुक्राउँनै हुँदैनथ्यो । उता दक्षिणको समतल भूभाग त दक्षिणका जनावरले आफ्नो बनाइसके, तिमीहरूको जंगलको अब अस्तित्व खतरामा छ ।
जरायो– त्यहीमाथि हामीलाई त अरू बाहिरी जंगलका जनावरले पनि भड्काए, हामीलाई लड्न प्रेरित गरे ।
नेपाली– ए बाबा, अरू जंगलका जनावरले त तिमीहरूको लडाईलाई बढावा दिइहाल्छन् नि । यो जंगल र तिमीहरू नासिए त उनीहरू खुशी नै हुन्छन् नि । अनि तिमीहरूले यो सोच्नु पथ्र्यो नि । तिमीहरूका नेता जनावरहरूलाई अरू जंगलका जनावरले किनेर यसो गर्दा पनि तिमीहरूले केही गरेनौं है ।
मृग–“ हो हो, हामीले ठूलो गल्ती ग¥यौं । अब के गर्ने ?”
तर उनीहरू अब पछुताएर केही हुने वाला थिएन किनकि सारा जंगललाई जातीयताको आगोले निल्दै गैरहेको थियो । कतै नेपालको अवस्था पनि त्यस्तै हुने त होइन ? बेलैमा सोचौं है !
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ३९ – Aug. 21, 2013 – २०७० भाद्र ५ गते, बुधबार)