~भवानी पाण्डे~
धूलो कति उडेको बुङबुङ गरेर
बल उस्तै खेलेको हल्ला धेरै गरेको
राम्रो हो कि नराम्रो साथीभाइ चलेको ?
धूलैधूलो उडेर नचिनिने भएको
छाती धेरै दुखेको खोकी पनि लागेको
धूलो–हिलो नभनी ज्यादै खेलमा भुलेको
लेखपढ गर्न पछिपछि खेलमै भुली
उज्यालो भविष्य लथालिङ्ग पारेको
बाहिर नक्कल गरेर भित्री कुरा लुकाउने
राम्रो हो कि नराम्रो यस्तो बानी लिएको ?
(स्रोत : नेपालभूमी – २०७४ माघ ९ गते मङ्गलबार प्रकाशित अङ्कबाट)