~माडीखोले दाइ~
परिवर्तनसँगै जुनेलीका आशाहरू मौलाएका थिए
चुक परेको रात चिर्दै, जब बिहानी तिरमिरे भयो
मुसुक्क मुस्काउँदै आँखाका किरणहरू पाखाभरि फैलिए,
जुनेली तिनिक्क आङग तन्काउँदै दैलोबाट बाहिर निस्किन्
क्षितिजको हिमालले फिस्स मोती टल्कायो
खोई के भयो ?
उनी थचक्क पींढीमा बसिन् र गम्न थालिन्
उनको सदा जस्तै
ओछ्यान छोड्दा गर्ने गरेको
दैलो कुचोमा मन गएन
उनी सोच्दै थिइन्
क्रान्ति, परिवर्तन र मुक्तिका कुरा
बन्दुक बोकेर लेकबेसी लुकामारी गरेका दिनहरू
कुनै दुःख र सुखका क्षणहरू
कुनै उत्सव र विजयका उल्लासहरू
कुनै भयानक मृत्युका दृश्य र चित्कारहरू
जेहोस्, जुनेली मृत्युलाई जितेर बाँचेकी छन्
उनी मलिन हुन्छिन्
आफ्नै अगाडि ढलेका शहीदहरूको चित्कार गुञ्जन्छ
कामरेड ¤ क्रान्तिको बाँकी कार्यभार पूरा गर्नु होला,
क्रान्ति जिन्दाबाद ¤
जुनेलीका आँखाबाट आँसु टप्कन्छ
तर पनि उनले मनलाई ढाडस दिन्छिन्
युद्धको अन्त्य भयो,
उनी परिवर्तनको पेटारो बोकेर गाउँ फर्किन्
समानता, स्वतन्त्रता, समावेशी र अधिकारका कुराहरू,
पाखा पखेरामा पस्कन थालिन्
क्रान्तिको बाँकी कार्यभारको जिम्मा उनको गाउँमा भयो
कसैको सदन र सरकारमा
तर आज जुनेली उदास छिन्
क्रान्ति ¤क्रान्ति रहेन
मुिक्तः मुक्ति आएन
बलिदान फिक्का भयो
आँखाहरू हराउन थालिसके
गाउँमा हरेक जसो उठ्ने प्रश्नले उनलाई तर्साउने गर्छ
स्वतन्त्रता के हो ?
मुक्ति कता हरायो ?
हाम्रो सत्ता किन आएन ?
सधै जसो सबै भन्ने गर्छन्
जुनेली तिमी किन मलिन छेऊ ?
जुनेली तिमी किन मलिन छेउ ??
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ३० – June 18, 2014 – २०७१ असार ४ गते, बुधबार )