~कल्पना पौडेल ‘जिज्ञासु’~
(१)
विनासकारी भूकम्पले देशको बेहाल भयो
हजारौँले ज्यान गुमाउँदा लासैलासको खाल भयो
कसलाई के थाहा कठै बरै यो प्रलय होला भन्ने
२०७२ इतिहासमा कालो साल भयो
(२)
भूकम्पले सातै लग्यो थकिर्यो मन जगतको
जनता पर्दा बिचल्लीमा चकिर्यो मन जगतको
देशैभरि लासै लास छन् रगतको खोलो बग्यो
यस्तो हालत देखेपछि दर्कियो मन जगतको
(३)
प्राकृतिक प्रकोपले देश लुट्यो कसरी म हाँस्न सक्छु ?
चिरा पर्दै त्यो धर्ति फुट्यो कसरी म हाँस्न सक्छु ?
अति भयो हे प्रकृति रोकिदेउ न यो विनास अब
सारा जनताको दिल टुट्यो कसरी म हाँस्न सक्छु
गैडाकोट ४, नवलपरासी (हाल इजरायल)
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क २५ – May 21, 2015 – २०७२ जेष्ठ ५ गते, बुधबार)