कथा : रत्ना

~दुर्गा विनय~Durga Binay

त्यो यात्रीलाई आज निन्द्रा परेको छैन । मनमा अथाह पीडा बोकेर हिंडेको उसको गन्तव्य अस्ति नै कहिले हराइसकेको रहेछ ।

के–के सोचिरहेको ऊ जुरूक्क उठेर पलङ्गमाथि बस्यो र झ्यालको पर्दा एक छेऊ तानेर बाहिर हेर्न लाग्यो । बाहिर चुक घोप्ट्याएझैं अन्धकार थियो । चिसो हावा उसले महसुस ग¥यो । हावाको बेग बढेको थाह भयो उसलाई । फेरि फर्किएर सिरकमा गुटमुटियो ।

बाहिर बढ्दै गरेको हावाले आँधीको रूप लियो । झ्याल–ढोकाहरू सुत्नै नसकिने गरी खटट खटट गर्न लागे । पानी पर्दापर्दै असीना पर्न थाल्यो । सुत्न नसकेपछि उसले एउटा पुस्तक पढ्ने विचार ग¥यो, तर झ्याल–ढोकाको आवाजले उसको ध्यानलाई एकत्रित हुन दिएन । ऊ पुस्तक पढ्ने कोशिसमा लागि नै रहेको थियो । यत्तिकैमा उसले ढोकामा नयाँ ढक्ढक्को आवाज सुन्यो । उसलाई त्यो ढक्ढक् के को हो अनुमान लाउनै गाह्रो परिरहेको थियो ।

झिलिक्क चम्केको बिजुलीको उज्यालोमा उसले ढोकाबाहिर पर्दामा मानिसको आकृति देख्यो । उसका रौंहरू ठाडा भए । ऊ पसिना पसिना भयो । ऊ एकैचोटी “बाहिर को छ ?” भनी चिच्यायो । तर बाहिरबाट उत्तर आएन । ओभरकोट लाएर हातमा लालटिन लिई ऊ बाहिर निस्क्यो । हावाको झोंक्काले बाहिर निस्कनासाथ लालटिन निभ्यो । अब चारैतिर अन्धकार थियो । अन्धकार व्याप्त भयो उसको वरिपरि ।

अँध्यारोमा तातो वाफ अनुभव ग¥यो उसले काननेर । चिसो हातले उसलाई ठ्याप्प समात्यो । हात मिल्काएरभित्र पसेर ढोका बन्द ग¥यो । उसको मुटु जोडले धड्किरहेको थियो । ऊ काँपिरहेको थियो ।

लडेको लालटिन फेरि बालेपछि ऊ कान थापेर बाहिरको आवाज सुन्न लाग्यो । केहीबेरपछि मानिसहरू कराउँदै डाक बङ्गलातिर आए ।

– “ऊ क्या हो त माइथेबा, ढोकामा उभिरहेकी ।”
पानी र असिना रोकिएकोले उसले बाहिरको आवाज राम्ररी सुनीरहेको थियो । एकजना चर्को स्वरले बोलिरहेको थियो ।

– “ए माइथेबा ! तँ के भएकी नानी ? हिँड, घर जाउँ । खोइ, यसलाई त एक्लै छाड्नै भएन । अब त डर पो हुने भो ।”

– “अलिक विस्तारै कुरा गर । भित्र बाबु सुत्नुभएको छ, नीद बिग्रन्छ ।” अर्को बोल्यो ।

बाहिर मानिसहरू बोलेको सुनेर ऊ पनि बाहिर निस्क्यो । ढोकाबाहिर बरन्डामा एउटी पच्चीस–तीस वर्षकी आइमाई उभिरहेकी थिई । केश खुला छोडेकी । आँखामा हिंस्रक जनावरको चमक बोकेकी । चौकीदारसित अरू चारपाँच जना मानिसहरू उसले देख्यो । चौकीदारले अघि सरेर भन्यो –

– “हजुरको निद्रा पनि बिग्य्रो होला । खै, यो दिदीलाई चाहिँ के भएको छ, बोल्दिन, रात होस् कि दिन हेरेन भने यस्तै हो । साथीहरू रूङ्गन आ’का, अर्को कोठामा ताश खेलिरहेका थिए । मेरो चाहिँ एकछिन आँखा झमक्क मात्र के भएको थियो, ऊ कत्ति बेला उठेर हिंडिछ । खोइ, कत्ति जनापाहरूलाई हेराइसकें, केही लागेन ।”
चौकीदारपट्टि फर्की ऊ भन्न लाग्यो –

– “झाँक्री, धामी देखाएर हुन्न, डाक्टर देखाउनुपर्छ । भोलि नै दार्जीलिङ्ग लगेर अस्पतालमा भर्ती गरिदिनु नत्र पछि गाह्रो पर्ला । लौ लौ लिएर जाऊ, यो चिसोमा नराख ।”
(डाक बङ्गला पृष्ठ १८९–१९२)

बिहान उठेर हे¥यो । रातीको असिना धेरै बिलाएर थोरै रहेका थिए आगनमा । भुँइ सेतै देख्यो । मनैभरि घाउ भएको उसले आज सुकिया पोखरी त्यति सुन्दर देखेन जति उसले चार–पाँच वर्ष अगाडी देखेको थियो । त्यसताका कति रमाइलो थियो सुकिया पोखरी । सुकिया पोखरीका ती कुराहरू उसले बिर्सिएको थिएन । बिर्सिएको थिएन उसले फर्कने बेलामा पत्र छाडेको रत्नाको लागि ।

बिहान उसले चौकिदारलाई रत्नाको चिहान देखाइमाग्यो र बिदा दियो । ऊ आफ्नो मनको पीडा पोख्न चाहन्थ्यो । अरूको सामु आफ्नो मानसिक दुर्बलता नदेखाउन उसले चौकिदारलाई बिदा दियो । रत्नाको चिहान देखाएर चौकिदार डाक बङ्गला फर्कियो । चौकिदार अलमल्लमा परिरहेको थियो । उसलाई लाग्यो त्यो मान्छे रत्नाको कोही आफन्त हुनुपर्छ ।

बिहान पु¥याएको मान्छे दिउँसोसम्म नर्फकदा चौकिदारलाई चिन्ता पर्न थालिसकेको थियो । उसले दुई चोटि त खाना तताउँदै राख्दै ग¥यो । दिउँसोखेर मात्रै ऊ फक्र्यो । चौकिदारले चन्द्रप्रकाशको अनुहार अनौठो भएको देख्यो । अस्वभाविक थियो उसको अनुहार । आँखा डम्म सुनिएका ।

चौकीदारले केही नबोली खाना पस्किदियो । उसले खाना खाँदै सोध्यो –
– “नानीले के खाई ?” ।
– “नानीलाई दूध ख्वाएर सुताइदिएको छु ।”
खाना खाइसकेपछि चन्द्रप्रकाशले बिस्तारै कुरा कोट्याए
– “तिमीले दिदीलाई अस्पताल पु¥यायौ ?”
– “काँ’ हजुर ! अस्पतालमा पैसा चाहिन्छ । कति लाग्छ । औषधी गर्ने पैसै छैन । खानलाई धौ धौ पर्छ हजुर । गाउँमा पो चिने जानेका धामी झाँक्री छन्, दिए जति लिएर गर्दिन्छन्, अस्पतालले गर्दैन ।” चौकिदारले आफ्नो पीडा सुनायो । एकक्षणको शान्तिपछि फेरि भन्यो “अब चन्दा उठाउँ कि भन्ने लाग्दैछ ।”
एकछिनपछि चन्द्रप्रकाशले खल्तीबाट केही पैसा निकालि भने –

– “यो राखि राख मेरो तर्फबाट दिदीको उपचारको लागि सहयोग ठान्नु । भोलि नै अस्पताल लानु । यसले उपचार गर्दै गर्नु अरू पैसा बिस्तारै उठाए पनि हुन्छ ।”
यो देखि चौकिदार खुशी भयो र हर्षका आँशु झार्न थाल्यो । आँशु पुछ्दै बोल्यो –
– “तपाईंको यो सहयोगले नै म गरीबले उपचार गर्नको लागी आँट गर्नसकें । तपाईंले यति पैसा दिएर सहयोग नगर्नुभएको भए म उपचार गर्न सक्दिन थिएँ होला । तपाईप्रति म ऋणी भएँ । तपाईलाई धन्यवाद । ……… ।” ऊ बोलीरह्यो ।

चन्द्रप्रकाशले उसलाई बीचैमा रोकी सोध्यो–
– “भाइ ! मलाई तिम्रो सहयोग चाहिएको छ । एउटा सानो काम छ, गरिदिन्छौ ?”
– “के काम हो ?”
– “रत्नालाई घर निकाला गरेपछि तिनी बसेको घर देखाइदिन्छौं ?”

अनुहार बिगारी चौकिदारले भन्यो –
– “खै हजुर ! त्यसको बारेमा त सोध्नै पनि लाजमर्दो ।” एकक्षणपछि फेरि भन्छ “तैपनि सोधखोज गरी पत्ता लाउने कोशिस गरौंला । मलाई पनि थाहा छैन ।”

विरक्तिमा पुस्तक पढ्न खोजे जस्तो गरी चन्द्रप्रकाशले त्यो दिन बितायो । राती चन्द्रप्रकाशलाई हिजोको रातको सम्झना आइरहेको थियो । मनमा डर कायमै थियो । उसलाई छेउमै कसैले हेरिरहेको छ, उसको प्रत्येक चाल कसैले याद गरिरहेको छ जस्तो लागीरहेको थियो । नानीलाई सुताएर विगतलाई सम्झी; कान्ता, रूपा, रत्ना, बर्थालाई सम्झी अमिलो मनलाई बहलाउन खोज्दाखोज्दै ऊ निदाउँछ ।
० ०

बिहानै सूर्य उग्र रूपले देखापरेको छ । बिहानैको उग्रताले दिउँसोको मौसम सजिलै अनुमान गर्न सकिन्छ । आज चन्द्रप्रकाशको निन्द्रा अघि नै खुलिसकेको छ । ऊ बिहानै उठेर हात–मुख धोई बाहिर बसिरहेको छ । रत्नाले आफ्नो कारणले ज्यान गुमाएकी हुनाले ऊ ज्यादै नै दुखित छ । राति पनि ऊ राम्ररी सुतेको थिएन । राता–राता आँखा र उदास मन लिएर ऊ पलङ्गमा बसिरहेको छ ।

साबिकको भन्दा अलिक चाँडो चौकीदार आयो आज । कृत्रिम मुस्कान अनुहारमा ल्याउँदै चन्द्रप्रकाश बोले–
– “के हो भाइ आज त चाँडै आयौ नि ?”
उसको अनुहार पनि उज्यालो थियो ।
– “हैन हजुर, आज दिदीलाई पनि अस्पताल लानुप¥यो भनेको । अनि हजुर मैले त्यो रत्ना बसेको घर पनि पत्ता लाएँ । हजुरलाई त्यहाँ पनि पु¥याइदिउँ कि भनेर चाँडै आइयो हजुर ।”

ऊ अति नै हर्षित भयो । उसमा खुशीको सीमा रहेन । कुन्नि किन हो चन्द्रप्रकाशलाई त्यसै तिनीहरूसित भेट गर्न मन थियो । तिनीहरूप्रति ऊ त्यसै कृतज्ञ अनुभव गरिरहेको थियो । उसले हतार–हतार लुगा फेरि नानीलाई काखी च्यापी चौकीदारलाई “जाउँ” भन्यो ।
० ०
घर छेउसम्म पु¥याएर चौकीदारले चन्द्रप्रकाशसँग बिदा माग्यो । चन्द्रप्रकाश नानी च्यापेर घरतर्फ लम्कन थाल्यो । चौकीदारले उसलाई त्यो घर काइँला भुजेल र भुजेल्नीको हो भनेकै थियो ।

माटोले लिपेको घर भए पनि कुनै ठाउँको माटो झरेको र कुनै ठाउँमा हरिया लेउ उम्रेको प्रष्ट देखिन्थ्यो । परालको छानो लगाएको भएता पनि हरियो घाँस परालभन्दा धेरै थियो । आँगनमा कुखुरा दाना टिपिरहेका थिए । एउटा बूढो मानिस दाउरा काटिरहेका थिए । बुढिया नाङ्गलामा चामल हेरिरहेकी थिइन् ।

परबाट आफ्नो घरमा कोही नौलो मान्छे, बच्चा बोकी आइरहेको देखेर काइँला भुजेल छक्क पर्छन् ।
– “ए बूढी ! तैले उति नानीलाई चिनेकी होस् ?” ऊ त्यस्तै भावमा सोध्छ ।
– “छैन बूढा ! तिमीले चिनेको जस्तो पो लाग्यो मलाई त ।”

दुबै जना अलमल्ल पर्छन् । काँइला भुजेल बन्चरो राख्छ र बूढीलाई केही ओच्छ्याउन लाउँछ । बूढी पनि फुर्तिसाथ गुन्द्री ल्याएर ओच्च्याउँछिन् । चामल पनि अघि नै उसले भित्र राखिसकेकी थिई ।

अब उनीहरू नौलो मान्छेको स्वागतको लागि तयार भएर उभिन्छन् ।
चन्द्रप्रकाश दुई हात जोडेर अभिवादन गर्छ ।
– “नमस्कार”
– “नमस्कार” हात मात्र जोड्छन् । मुख हल्लिएको पनि देखिन्छ तर आवाज सुनिंदैन ।

काँइला भुजेल बस्ने आग्रह गर्छ । चन्द्रप्रकाशलाई बसाएर आफ्नो कुरा भन्छ –
– “अब त बूढो पो भइएछ नानी । आँखा मात्रै कमजोर भो भनेको शुद्धि पनि कमजोर भएछ । नानीलाई ठ्याक्कै ठम्याउन सकिनँ । कहाँबाट आउनु भो कुत्रि ।”

चन्द्रप्रकाशलाई अघि बाटैदेखि अप्ठ्यारो लागिरहेको थियो । “रत्नालाई बिचल्लीमा पार्ने केटो यही हो ।” भनेर चिने के गर्लान् भन्ने शङ्का थियो उसको मनमा । शङ्काभन्दा पनि एक किसिमको डर थियो उसको मनमा । गल्ती गरेर अगाडि पर्न डराइरहेको छोराको जस्तो अवस्था थियो चन्द्रप्रकाशको ।

आज जीवनमा पहिलोपटक आफ्नो परिचय दिन उसलाई लाज लागिरहेको थियो । अप्ठ्यारो अनुभव भइरहेको थियो । उसले एकपटक पुलुक्क भुजेललाई हे¥यो । भुजेल उत्सुकताकासाथ परिचय खोजिरहेको थियो उसको अनुहारभरि । निहुरिएर आँट बटुलेर ऊ बोल्यो –

– “मेरो नाम चन्द्रप्रकाश हो । म … म दार्जीलिङ्गबाट आएको ।”

कुरा सुनेर भुजेल बूढा खङ्गङ भए । उनको अनुहार रिसाए–रिसाए जस्तो, रून आँटे जस्तो फेरि कस्तो–कस्तो पनि भयो । ऊ जुरूक्क उठेर हँसिया र दाम्लो बोकी आँगनबाट तेर्सो लागे ।

चिया पकाउन भान्सा छिरेकी काँइली भुजेल्नी चुल्हाको छेउमा बसेर रोइरहेकी थिइन् । काँइला भुजेलभन्दा बढी चोट उनलाई परेको थियो । बहिनी जस्तै गरी माया गरेकी थिइन् रत्नालाई ।

चन्द्रप्रकाशपनि आँशु झारिरहेका थिए । आँशु आँखाबाट झरेर काखमा राखेको नानीको टाउकोमा पुग्थ्यो । नानीको कपाल मुसार्दै ऊ आफ्नो आँशुलाई रोक्न खोज्दै थियो ।

भुजेल बूढा पनि हँसिया बोकेर हिंडेका थिए । भुजेल्नी बज्यै भने अझै रोइरहेकी थिइन् । चन्द्रप्रकाशलाई उनीहरूसित कुरा गर्न मन थियो । तर त्यसो हुन नसकेकोमा ऊ दुःख अवश्य थियो । निकैबेरपछि काँइली भुजेल्नी हातमा एउटा मैलो कपडाले बाँधेको पोको लिएर बाहिर निस्किन् ।

– “मैयाँले तपाईलाई आएपछि यो दिनु भनेर चिठ्ठी लेखेर छोडिछन् ।” राता–राता भएका आँखा र नाक पुछ्दै काँइली भुजेल्नीले भनिन् ।

चन्द्रप्रकाशले हात लम्कायो । मुसाले खाएर हो वा के भएर हो कपडाको कुनै–कुनै ठाउँ टोके जस्तो, च्यातिएजस्तो थियो । उसले कपडाको पोखो खोल्न खोज्यो । गाँठो कसिएको रहेछ । बल्ल खोल्न सक्यो ।

पोको खोलेर हेर्दा भित्र खासै केही थिएन । उसका आँखैले गने बाह्रवटा जति चुरा, एउटा पुरानो पोते, एउटा सानो बट्टा र एउटा ढाका टोपी रहेछन् । बट्टा उसले खोली हेर्दा सिन्दुर देख्यो । त्यस पोकाभित्र उसले एउटा कागत देख्यो । पट्याएर राखिएको रहेछ । अलि–अलि धुलो लागेको कागत च्याति नै आँटेको रहेछ । कागतको दुबैपट्टि लेखिएको रहेछ । साह्रै सानो अक्षरमा ।

उसले जतनसाथ कागत खोल्यो । त्यो त चिठ्ठी रहेछ उसैको लागि । पढ्न थाल्यो ।
० ०

“दशैंमा पनि मन रमाउन सकेन । म रमाउन सकिनँ । जिउ पनि भारी हुँदै गइरहेको छ । अब मैले आफ्नो मात्र ख्याल नराखेर हुर्किंदै गइरहेको भ्रुणको पनि ख्याल राख्नु छ । जसले हरेक दिन सपनामा तर्साइरहेको छ ।
भुजेल्नी दिदीको सान्त्वना र ढाढस पाएपछि मैले अब यो कुरा लुकाउनु नहुने रहेछ जस्तो महसुस गरें । दाजु ! तपाईलाई पठाएको चिठ्ठी पनि जस्ताको तस्तै फर्किएकोले आत्तिएकी म भुजेल्नी दिदीको बातले अलि ढुक्क भएँ । दाजुसँगको सम्बन्ध म आँफैलाई अचम्भित लागिरहेको थियो ।

ती दिनहरू सम्झदा अहिले अचम्म लागेर आउँछ । दुःख लाग्छ ती दिनहरूप्रति । किन हो मन त्यसै रून खोज्छ ।

तपाईलाई पहिलोचोटि डाक बङ्गलामा देखेपछि नै मैले आफ्नो शुद्धि हराएकी थिएँ । पहिलोचोटी साथीहरूसँग घुम्दै आउनुभएको तपाईलाई देखेर मन त्यसै–त्यसै प्रफुल्लित भइरहन्थ्यो । मनमा अनौठो किसिमको खुशी छाइरहन्थ्यो । भान्साको काम सकेर म तपाईहरूको गीत सुनिरहन्थें । घण्टौंसम्म उभिएर । सायद त्यति खेरैदेखि तपाईंप्रति प्रेम पलाएको थियो ।

प्रकाश दाजु ! तपाईं आउनुहुन्छ भन्ने मलाई पूरा विश्वास थियो । त्यस रात पनि तपाईंले मलाई “नडराउनु म दुई महिना भित्रै लिन आउँछु्” भन्नु भएको थियो । आज त चार महिना पनि बितिसकेछ । खोई त प्रकाश दाजु ! तपार्इंको त अत्तोपत्तो केही पनि छैन । तपाईंले म जस्ती एक कोमल हृदय भएकी नारीलाई कति सजिलै मारिदिनु भयो । जिउँदो लाश बनाइदिनु भयो । त्यस रातको तपाईंको त्यो हिंस्रकपनालाई बुझ्न सकिनछु मैले । मैले तपाईंको क्षणिक प्रेमलाई चिन्न सकिनछु । ठूलो भूल गरेछु त्यस रात मैले । तपाईंलाई त मैले सर्वस्व ठानेकी थिएँ, तर तपाईंले कसरी मलाई भोग्या मात्र ठान्नुभयो । दाजु लक्ष्मीपूजाको दिन आज सबै रमाइरहेको बेला म रोइरहेकी छु । प्रेमको साह्रै महङ्गो मोल चुकाइरहेकी छु ।

मैले पनि कति राम्रा सपना देखेकी थिएँ । गल्ती भयो । साह्रै महङ्गो सपना देखेछु । नदेख्नु पथ्र्यो । अहिले मोल चुकाउँदैछु । त्यो टोपी तपाईंलाई मेरो चिनो है । सम्झना आएँ भने हेरिहेर्नु, लाइहेर्नु, जे गर्नु । पोते, सिन्दुर र चुराहरू चाहिँ मेरा महङ्गा सपनाहरू हुन् ।”
उसले पुलुक्क टोपी हे¥र्या र फेरि पढ्न थाल्यो ।

“भुजेल्नी दिदी नभएकी भए सायद आजसम्म म रहन्न पनि थिएँ हुँला । तर भुजेल्नी दिदीको कृपा रहेको छ ममाथि । जुनीभरको ऋणि भएकी छु म । भुजेल्नी दिदीको र भेनाज्यूको ।

तीन–चारवटा चिठ्ठी फर्केर आउँदासम्म मलाई विश्वास थियो तपाईं एक दिन अवश्य आउनुहुन्छ भन्ने । तपाईलाई पर्खेर मैले जीवन बिताइरहें । तपाईंले मेरो विश्वासलाई कति सजिलै घात गर्नुभयो ।

मेरो गर्भको भ्रुणले सँधै मलाई तर्साउने गर्छ । मलाई सँधै मेरो सन्तानले तर्साउँछ । सँधै खेद्छ मलाई सपनीमा । दाजु आज मलाई साह्रै विरक्ती लागेको छ । मेरो कुमारीत्व लुटेर तपाईं त अल्पिनु भयो तर अब मैले धेरै कठोर र गाह्रो यात्रा गर्नुपर्नेछ । दुबैजनाले गरेको भूलको सजाय आज म एक्लै भोक्दै छु ।

अब रूनु, बस्नु अनि तपाईंलाई पर्खनु बाहेक केही काम छैन मेरो । काम नभएपछि अनेक खालका कुराहरू मनमा आउँदा रहेछन् । नचाही नचाही सोच्नुपर्दो रहेछ । मलाई आपूm भुजेल्नी दिदीमाथि बोझ भएजस्तो लाग्न थालेको छ । भेनाज्यू त पहिलाको जस्तो बोल्दैनन् पनि । दिदीले नै गर्दा मात्रै राखेका छन् ।

अलि–अलि बनाएको इज्जत पनि गुमिगो । बडेमा–बडाबाले त खेदाइहाले । तपाईं पनि आउनुहुत्र, यहाँ पनि कति बस्नु । अब यस्तो कठोर यात्रा, अप्ठ्यारो यात्रा कसरी एक्लै गरूँ, कसरी ?

तपाईं आउने विश्वासमा सायद म बाँचिरहन्थें हुँला तर जब आज बिहान मैले भुजेल्नी दिदी र भिनाजुको कुरा सुनें– तपाई आउनुहुन्छ जस्तो लागेन । तपाईं दार्जिलिङ्ग नै नफर्किने गरी जानुभएको कुरा सुनें । साह्रै चित्त दुखेर आयो । तपाईंलाई पर्खेर, तपाई आउने एउटा झिनो आशा लिएर म बाँचिरहेकी थिएँ । तपाईं नै हिंडेपछि मलाई बाँच्न निरर्थक लाग्न थालेको छ ।

म एउटी शिक्षिका भएर धेरथोर भए पनि इज्जत कमाएकी थिएँ । अरूलाई नैतिकताको पाठ सिकाउने मलाई कति सजिलै तपाईंले अनैतिक ठह¥याइ दिनुभयो । यो समाजले मेरो मनोभाव बुझेन । एक सामाजिक प्राणी भएर जन्मेपछि समाजमै बाँच्नुपर्दो रहेछ । समाज बिना त बाँच्न नसकिने रहेछ दाजु ।

हिजो–आज त मेरा साथीसङ्गीहरू पनि बोल्दैनन् । भेटिदैनन् पनि । हरेक शब्दले वाण हान्छन् बोलिहाले पनि । यस्तो बेलामा माया–ममता पाउनुपर्नेमा म घृणा, दोष, आरोपहरू पाइरहेकी छु । अहिले यस संसारमा मेरा आफन्तमात्र भुजेल्नी दिदी, भेनाज्यू र तपाईं हुनुहुँदोरहेछ ।

आज चारैतिरबाट पिरोलिरहेको बेला मैले बडाबा–बडीआमाको मायाको अपेक्षा गरेथें । तर अफसोच पाउन सकिनँ । आफ्नै आमाबुबा नहुँदा अरूले आफ्नो खोक्रो आदर्शमात्र हेर्दा रहेछन् । माया, ममता, आफ्नोपन केही नहेर्दा रहेछन् । दाजु ! संसार साह्रै स्वार्थी रहेछ । आमाबुबाले मात्रै निस्वार्थ माया गर्दा रहेछन् । बडेमाले जति माया गरे पनि बडाबाट हेपिएकी मलाई जीवनमा पहिलोपल्ट आमाबाबु नहुनुको पीडाले सताइरहेको छ ।

आज जीवनमा पहिलोपल्ट म आफूलाई एक्लो अनुभव गरिरहेको थिएँ । भुजेल्नी दिदीको गुणले दबिएकी मैले उनीसँग मनको बह पोख्न सकिरहेकी छैन । सँधै मन भारी भइरहन्छ । तपाईको छातीमा टाउको अड्याएर रूने इच्छा भइरहेको छ । खाली रूनै मात्र आउँछ मनमा । जतिखेर पनि रोइराखुँ जस्तो मात्रै लागिरहन्छ । तपाईं र स्वर्गीय मातापिताको याद बाहेक केही छैन यस मनमा । खाली–खाली छ ।

अस्ति एक दिन अमलिसो काट्न गएको दिन रिङ्गटा लागेर लडेपछि पेट पनि साह्रो दुख्न थालेको छ ।
मलाई समाजले एक्ल्याउँदै छ । म त प्रायः कोठामा नै हुन्छुं तर मलाई के लाग्न थालेको छ भने गाउँलेहरूले भुजेल्नी दिदीहरूलाई एक्ल्याउँदै छन् । पहिलाको जस्तो छिमेकीहरू आउन छाडेका छन् । मेरो कारणले उनीहरूले विपत्ताको समस्या भोगिरहनु परेको छ । मैले यो कुरा बुझिरहेको छु । उनीहरू मेरो अघि खुशी जस्तो देखिन्छन् तर उनीहरू पीडित छन् मबाट । मलाई घरिघरि यो घर छोडिदिउँ र तपाईको खोजीमा हिडुँ जस्तो लाग्थ्यो । तर यो पेटको दुखाईले सकिनँ ।

मलाई लाग्न थालेको छ अब मैले बाँचेर केही गर्नु छैन । अरूलाई आत्महत्या घृणित कार्य हो भनेर सिकाउने मैले आज त्यही बाटो रोज्नु परेको छ । जीवनमा के–के गरौंला भन्ने इच्छाहरू थिए, आकांक्षाहरू थिए । तर सबै बिलाई गए । एउटा सानो गल्तीले जीवनभर पोलिरहने भयो । बाँचुन्जेल यसले सँधै सताइरहने भयो ।

यस घाउलाई लिएर हिंड्ने आँट ममा रहेन अब । म थाकिसकें । गलिसकेकी छु म । अब थेग्न सक्दिनँ । एक न एक दिन मेरो खोजीमा अवश्य सुकियापोखरी आउनुहुनेछ । तर त्यसबेलासम्म म रहन नसकुँला ।

मेरो समाधिस्थल त्यही पोखरी नै रहेछ । म मरी गए पनि दाजु मेरो आत्माले तपाईलाई सँधै डाकबङ्गलामा पर्खिरहेको हुनेछ, सुकियापोखरीमा पर्खिरहेको हुनेछ । तपाईंको प्रतीक्षामा मेरो आत्मा सँधै रहनेछ । यतैउँदी घुमिरहेको हुनेछ । डाकबङ्गलातिर । सुकिया पोखरीतिर ।

भुजेल्नी दिदी ! भोलि बिहान नसराप्नु । मेरो लागि कसैले नरोइदिउन् । मेरो लागि कसैले आँशु नबगाइदिउन् ।”
० ०

उसले कति बल गरेर अड्याएको आँशु सुत्तै खस्यो । गालाबाट बग्दै त्यो कागतमा खस्यो । त्यसले दुई–चार अक्षर मेटाइ पनि दियो ।

आँखाभरि आँशुभएर उसले केही देखेन । आँशु अबिरल बगी नै रहे । उसलाई आज डाँको छाडेर रून मन लाग्यो । उसले चारैतिर रत्ना मात्रै देखिरह्यो, सम्झिरह्यो, महसुस गरिरह्यो । उसलाई त्यस रातको रत्नाको अनुहार झलझली सम्झना भइरह्यो ।

– “नानी चैं तपाईकी छोरी ?” भुजेल्नी दिदी अघि नै देखि नियालिरहेकी रहिछन् ।
– “हैन बहिनीकी छोरी ।” उसले छोटो उत्तर दियो । यतिखेर उसले देख्यो नानी त दिदीसँग पो रहिछन् । अनायासै उसका हातहरू टोपीतिर लम्के । उसले टोपी उठायो, फर्काइ–फर्काइ हे¥यो ।

आपूmलाई संयमित बनाउन खोज्दा–खोज्दै पनि झरेका आँशुहरूलाई पुछ्दै भुजेल्नी दिदी बोलिन् –
– “मैंया तपाईलाई साह्रै याद गर्थिन् बाबु । मैले उनलाई कति चोटी एकोहोरिरहेको भेटेकी थिएँ । तपाईको याद आउने बित्तिकै उनी त्यै डाँडामा गएर घण्टौसम्म रोइरहन्थिन् । बिचरी तपाईलाई साह्रै माया गर्थिन् । ….. ।” बोल्दा बोल्दै उनको स्वर हरायो । घोप्टो मात्र परिरहिन् । आँशु झरेको देखिन्थ्यो । नङले भुइँ कोट्याएको पनि देखिन्थ्यो ।

परबाट काँइला भुजेल घाँसको भारी बोकेर आए । भारी लडाएर दउराको फेरोले पसिना पुछ्दै उनी चन्द्रप्रकाशको छेउमा बसे । अहिले उनको अनुहारमा शुन्यभाव झल्कन्थ्यो । परैबाट उनी मनमा अनेकौं कुराहरू खेलाउँदै आएका थिए । उनले आफ्नो उत्सुकतालाई मार्न सकेनन् । सोधी हाले –

– “भाइले दार्जिलिङ्ग छोडेको दशपन्ध्र दिनपछि म तपाईं बसेको ठाउँतिर गएको थिएँ, तर तपाईं त भारी लिएर ‘फेरि कहिल्यै दार्जिलिङ्ग फर्किदिनँ’ भनेर हिंड्नु भयो अरे । मैले नोकरबाट चाल पाएँ ।” उनले स्पष्टिकरण पनि दिएका थिए ।

– “अँ, सोच त त्यही थियो ।” चन्द्रप्रकाशले धेरै बोल्ने मन गरेन ।

– “अनि फेरि कसरी आइपुग्नु भो त नानी ? दार्जिलिङ्गले कसरी तान्न स’को त तपाईंलाई ?” भुजेल्नीलाई बोल्न गाह्रो परिरहेको थियो । उनले यति प्रश्न गर्न सहजताको अभिनय गर्नुपरेको थियो ।
भुजेल बूढाले भुजेल्नीको कुरालाई ढाकछोप गर्न खोज्दै भने–

– “भाइ ! यिनले तपाई त्यहाँबाट कहाँ जानुभयो भन्ने बुझ्न खोजेकी । विचरी रत्नाको शोकले साह्रै दुःखी भएकी छे । बेला–बेला त शुद्धि पनि हराउँछे । के बोल्नुपर्ने हो, के हैन छुट्याउनै सक्तिन ।” अलि–अलि त बूढाले थपेका पनि थिए ।

चन्द्रप्रकाशले आपूmलाई प्रष्ट पार्न जरूरी ठान्यो ।

– “मैले तपाईंहरूलाई मेरो कहानी भन्नैपर्छ । कहाँ गएँ, किन आइनँ ? भन्नुपर्छ । यतैउँदी रत्नाको आत्मा भए उनले पनि थाह पाउलिन् ।” आँखा पुछ्दै उसले आफ्नो कथा भन्न शुरू गर्छ ।

० ०

“मेरो पिता झापा जिल्ला खरदार हुनुहुन्थ्यो । जग्गा पनि प्रशस्तै हुनाले हामीलाई पैसाको कुनै कमी थिएन । पैसा–पैसामा हुर्किएको म उहाँहरूको एकमात्र छोरा थिएँ ।

तेह्र वर्षकै उमेरमा मलाई सर्किनीको बात लागेको थियो । मलाई बुबा–आमाले गाउँमा बस्दा बिग्रन्छ भनेर राम्रो पढाइका लागि दार्जिलिङ्ग पठाएका थिए । तर घरबाट पढ्न पाखा निस्केपछि म खुला साँडे जस्तै भएँ ।

आपूmलाई मन लागेको गर्न थालें । मलाई पढाइमा एकदमै रूची थिएन, बोझ थियो पढाई मेरो लागि । पैसाको कमी थिएन मलाई । मेरा साथीहरू पनि त्यस्तै थिए । कसैले पनि पढ्नु पर्छ भनेनन् । हामी मोझ मात्र गरिरहन्थ्यौं ।

हामी रमाइलो गर्दै सन्दकपुर हिंडेका थियौं । डाक बङ्गलाको एक रातको बासमा मैले रत्नालाई भेटेको थिएँ । अरू नारीलाई देख्दा जस्तै भयो रत्नालाई देखेपछि पनि ।
(शरणार्थी पृष्ठ ७८–७९)

मलाई प्रेम प्रति विश्वास थिएन । मलाई आकर्षक सुन्दर लागेको नारीलाई एकपटक भोग गरिहालुँ लाग्थ्यो । धेरै नारीहरूको जीवन बर्बाद गरें मैले । रत्ना, कान्ता, बर्था, रूपा सबैको जीवन बर्बाद गरें मैले ।”
ऊ भुजेल–भुजेल्नीसँग आँखा जुधाउन असमर्थ भयो । केही बेरपछि फेरि भन्न थाल्यो ।–
“आमा सिकिस्त हुनुभएको तार पाएपछि म झापा हिंडे । म झापा पुग्दा आमा स्वर्गबासी भैसक्नु भएको रहेछ । मलाई घरमा सबैभन्दा धेरै माया लाग्ने आमा नै हुनुहुन्थ्यो । अरूभन्दा पनि आमा मलाई विशेष हुनुहुन्थ्यो । झापाको बसाइको लगभग एक महिना जति हुन आँटेको थियो होला, जब मैले कान्ताको चिठ्ठी पाएँ । उनले आफ्नो दुःखको बारेमा र आपूm बर्मा जानु अघि अन्तिम भेट गर्ने इच्छा गरेकी रहिछन् ।

मैले उनलाई स्टेशनमा उनको लोग्नेसँग भेटें । उनको लोग्ने पल्टने रहेछ । मैले उनलाई उपहार दिँदै बिदा गरेको थिएँ । उनले पनि टिलपिल आँशु पारेर मसित बिदा मागेकी थिइन् ।

मैले रत्नासँग बिछोड भएको झण्डै चार महिनापछि उनको चिठ्ठी पाएँ । मैले दुई–तीन चोटी त्यो चिठ्ठी पढें । मलाई डरले सतायो । लोकको डर, समाजको डरले सतायो । मैले के गरूँ, के नगरूँ हुँदाहुँदै त्यो चिठ्ठी डढाएर फालिदिएँ ।

कान्ता बर्मा गएको तीन महिना जति बितेपछि मलाई उनको अनुपस्थिति खड्कियो । उसको सम्झनाले सताइरह्यो । उनीसँग भेट गर्ने निधो गरेर म पल्टनमा भर्ती भएर बर्मातर्फ लागें । बर्माको लडाईंमा घाइते भएर अस्पतालमा बसेको बेला मैले रूपालाई भेटें । उनी मलाई नै खोज्दै त्यहाँ गएकी रहिछन् । उनी पनि मलाई माया गर्ने एक नारी नै रहिछन् । जसले आफ्नो पढाई, समाजसेवालाई चटक्कै छोडेर आपूmलाई युद्धमा होमी दिइन् । मात्र मेरो लागि ।

बर्मीहरूको अत्याचार बढ्दै गयो । हुँदा–हुँदा उनीहरूले नेपालीलाई लुट्न थाले । नेपालीहरूलाई त्यहाँ बाँच्न कठिन हुँदै गयो । मेरो मनले, मेरो आत्माले मलाई त्यहाँ नबस्न भन्यो । स्वजातीका मानिसहरू लुटिएको मेरो आँखाले हेर्न सकेन । त्यसैले मैले पनि सन्चो भएपछि पल्टने जागीर छोडेर केबलसिंह खड्का, जसलाई हामीहरू ‘खड्का बा’ भन्ने गथ्र्यौं, उनैको समूहमा मिसिएर नेपाल फर्कने निधो गरें । हामी हिंडेको डफ्फालाई बर्मेलीहरूले बीच बाटामा लुटे । भएका सुनचाँदी, पैसा, हातहतियार सबै लुटे । एकदुई हतियार र खसीबाख्राहरू मात्र छाडिदिए ।

हामी हिंड्दा हाम्रो डफ्फामा चालीस जना जति थियौं तर कोही रोगले, कोही कौंडा परेर हिंड्न नसकेर छोडिंदै गए । एक हप्तापछि बाराजु भन्ने ठाउँमा आइपुग्दा हाम्रो डफ्फामा मात्र सत्ताइस जना थियौं ।

एकाएक मुखेनीलाई प्रखर ज्वरो चढ्यो । खड्काबाकी श्रीमतीलाई हामी मुखेनी भन्थ्यौं । उनलाई तीन दिनसम्म ज्वरो नउत्रिएकोले हामी सबैलाई चिन्ता पर्न थालिसकेको थियो । हामीले बस्तीबालाहरूलाई जडीबुटीको दबाई पनि गर्न लायौं । तर त्यसको पनि कुनै असर नभएको देखेपछि उनीहरूले एक–डेढ दिनको बाटोमा अङ्ग्रेजको क्याम्पमा डाक्टर भेट्न सकिने बताए ।

खड्का बाको छोरी बर्थासँगको मेरो सम्बन्ध घनिष्ठ बन्दै गएको थियो । म र थामी दबाइ लिन जाने भयौं । हामी हिंड्ने बेलामा बर्थाले रूञ्चे स्वरमा भनेकी थिई “यत्रो बाटो सँगसँगै आयौं, दुःख तकलिफसँगै उठायौं, अब त धेर दिनको बाटो पनि छैन होला, फेरि डाक्टर खोज्न जाने निहुँले नछोड्नुहोला नि ।”

उनको कुरा सुन्दा मलाई कतै नजाउँ, उनीसँगै छेउ मै बसिरहुँ जस्तो लागेको थियो । तर मनलाई कठोर पार्दै “फर्केर आउँछु” भन्ने बचन दिएँ । त्यस बेलाको उसको अनुहार अहिले पनि झल्झली याद आउँछ मलाई । बर्थाको यादले भत्भत् पोल्छ यो मन ।

बाटामा थामी राम्रै साथी थियो, तर त्यसको आत्तिने बानीले त्यसलाई लग्यो । शत्रुको गोलीको शिकार भयो ।
म बाँचेर त्यहाँबाट त भागें, तर फेरि फर्केर जान सक्छु भन्ने आँट हरायो । अनि मैले इन्डिया पस्ने निधो गरें । बाटामा एक रात मैले एउटा पुरानो डाकबङ्गलामा बिताएँ । त्यस डाकबङ्गलामा मैले कान्तालाई मृत अवस्थामा भेटें र यो नानी त्यसैको लाम्टा चुसिरहेको थियो ।” चन्द्रप्रकाशको हातले नानीतिर इशारा ग¥यो ।
(शरणार्थी पृष्ठ ८०–८१)

“यसलाई लिएर म दार्जिलिङ्ग आएँ । अनि त्यहाँबाट यता आएँ । रत्ना र म दुबैजना मिलेर बसौंला । बिहे गरौंला । यस कान्ताको चिनोलाई हुर्काउँला । खुशीसाथ बाँकी जीवन रत्नासँग बिताउँला भन्ने मन थियो ।”

भुजेल बूढाको आँखा आँशुले भरिएको थियो । उनी दउराको फेरोले आँशु पुछ्दै थिए । भुजेल्नी दिनी सुँक्क–सुँक्क गरिरहेकी थिइन् ।

चन्द्रप्रकाश भावुक भइसकेको थियो । उसको अनुहार मलिन थियो । भुँइतिर एकोहोरो हेरिरहेर ऊ बोल्यो–
– “दोषी मै हुँ । मैले ठूलो अपराध गरेको छु । प्रेमको, विश्वासको मतलब राखिनँ । आपूmलाई माया गर्ने मान्छेको मन कुल्चेर हिंडे । अपराधी मै हुँ ।” बोल्दाबोल्दै बोली हराए जस्तो भयो । सास रोकिएजस्तो भयो । एकछिन्पछि फेरि बोल्यो– “आफ्नो गल्तीको माफी मागुँला, प्रायश्चित गरूँला भन्ने मन थियो । अब यसले बाँचुञ्जेल सताउने भयो । रत्नासँग भेटुँला र बिहे गरेर बाँकी जीवन खुशीसाथ बिताउँला भन्ने थियो ।” उसले आँखाको आँशु रोक्न सकेन । “रत्नाको आत्महत्याले म साह्रै दुःखी भएको छु । यत्तिको दुःख मलाई कान्ताको लाश देख्दासम्म भएको थिएन । विश्वास गर्नुस् म उसलाई औधी नै माया गर्छु ।”

– “तिमीले ढिलो ग¥यौ, नानी ! साह्रै ढिलो ग¥यौ ।” उदास अनुहार लाएका भुजेल बूढा बल्ल बोले ।
धेरैबेरको शान्तिलाई तोड्दै चन्द्रप्रकाश फेरि बोल्यो–

– “रत्ना विनाको जीवन बाँच्नुपर्ने भो । प्रायश्चितको आगोमा जीवनभर जल्नुपर्ने भो ।”
धेरैबेर ऊ घोरिरह्यो । पोको बाँध्यो । ढाका टोपी लाएर उठ्यो । उदास अनुहारमा कृतिम हाँसो लिएर बोल्यो–

– “हजुर अब लाग्नुप¥यो ?”

– “भात त खाएर जानु ।” काँइली भुजेल्नी पनि कृतिम हाँसो लिएर बोलेकी थिइन् ।

– “हैन हजुर म उतै खान्छु ।” उसले शिष्टता देखायो ।
नानी चेपेर ऊ आँगनबाट तेर्सो लाग्यो । दुबैजना उसलाई निकै पर पुगुञ्जेलसम्म हेरिरहे । हेरि नै रहे ।

० ० ० ०

आधार स्रोत
१. डाक बङ्गला (उपन्यास) – शिवकुमार राई
२. शरणार्थी (उपन्यास) – कृष्ण धराबासी

दुर्गा विनय / झापा

(स्रोत : रचनाकारको ब्लगबाट सभार )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.