कविता : ह्वेल

~बिमल गुरुङ~bimal-gurung

म आउँदैछु
तपाईहरुको सहयोगको लागि आउँदैछु
तपाईहरुको मोर्चामा
एक संख्या थपिएर आउँदैछु ।

यो टाढाको कोठाबाट
म तपाईहरुलाई शुभकामना मात्र दिन सक्दिन
यो टाढाको कोठाबाट
म रातदिन आँखाबाट धारा बगाउँदै
तपाईहरुलाई कल्पन मात्र सक्दिन
एक भाग दुख आफूभित्र पारेर
तपाईहरुलाई अलिकति हलुँगो पार्न आउँदैछु
म समुद्रको वक्षस्थलमा हाम फाल्न आउँदैछु
म जर्जराउँदो राँको भएर आउँछु
बल्छु धप्धप
र खाग पार्छु अयोध्या !

म आउँदैछु
तपाईहरुको सहयोगको लागि आउँदैछु
तपाईहरुको मोर्चामा
एक संख्या थपिएर आउँदैछु ।

तपाईहरु संगसंगै हिड्न आउँदैछु
रगताम्य र गौरबशाली बाटोमा हिंड्न आउँदैछु
म्यागेलेनको काठको गाडीमा
ह्वेल समात्न आउँदैछु ।

म आउंदैछु
हलोमा काँटी ठोक्न आउँदैछु
म आउँदैछु
तपाईहरुको सहयोगको लागि आउँदैछु
तपाईहरुको मोर्चामा
एक संख्या थपिएर आउँदैछु ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.