गीत : शितल छायाँ दिन्छु

~सुवास संगम राई~

आउ बस मेरो छेउ शितल छायाँ दिन्छु ।
जुनतारा हैन तिम्लाई चोखो मायाँ दिन्छ ।

जब देंखे तिमीलाई मायाँ यो जाग्न थाल्यो
तिमी संगै सयौं झुनी काटौं लाग्न थाल्यो ।
आऊ समाउ हात मेरो दायाँ बायाँ दिन्छु
जुनतारा हैन तिम्लाई चोखो मायाँ दिन्छु ।

भुजी देउ यो मनले तिमीलाई मागी रा’छ
एक्लो जिन्दगी यो आज बिमुद झैं भा’छ ।
आऊ-आऊ तिमीलाई जीवन नयाँ दिन्छु
जुनतारा हैन तिम्लाई चोखो मायाँ दिन्छु ।

आउ बस मेरो छेउ शितल छायाँ दिन्छु ।
जुनतारा हैन तिम्लाई चोखो मायाँ दिन्छु ।

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.