कविता : आँखा छोप्दैमा अरुले नदेख्ने त होइन

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

खालीपेट पाल्नका लागि आउँछ
आँखा चिम्लिन्छ, खोल्छ, घुर्छ
फेरि सास फेर्छ
वरिपरि बस्नै नसकिने गरि गन्हाएको छ
अरुको सुबिधा काट्छ
आफ्नो सुबिधा बृद्धि गरिरहेको हुन्छ
एसो गर्दा खुसी हुन्छ
दरिद्रतामा अझ भासिंदै गएको हुन्छ
उस्ले आफैलाई छल गरिरहेको हुन्छ
हुनु त पेट पाल्नु
सगरमाथाको चुचुरोमा पुग्नु होइन
सुर्यको छाला चिथोरेर
एक बाल्टी आगो उघ्याउनु होइन
तर अरुलाई समस्यामा पार्नु गलत हो ।
भगवानलाई मान्छ
समयसमयमा मान्छेलाई पनि भगवानलाई जस्तै पुजा गर्छ
ढुंगाको मुर्ती पनि पुजा गर्छ
मान्छे र ढुंगालाई एकै बनाउँछ
मान्छेलाई ढुंगा बनाउंछ
ढुंगालाई मान्छे बनाउंछ
तर पनि उस्को सास गनाउंछ
आफ्नो स्वार्थ बाहेक अरु केहि देख्दैन
उसको आनन्द उस्को धोखा हो
उसको चरित्र हो
उसको पेट ठुलो भएपनि
त्यो चर्पि हो
चर्पिको डाकरले उस्को छेउ बस्न सकिन्न
सास गनाएको छ
नाकले इन्कार गर्दा गर्दै पनि
स्वतन्त्र भएर खुला आकाशमा प्रबाह भइदिन्छ
नियमित गल्तिहरु कवाज खेलिरहन्छ
गल्ती र सिपाही एकै होइन
सिपाही गल्ती गर्छ – सजाय भोग्छ
सजग हुन्छ
गल्ती कर्ता होइन
सिपाही कर्ता हो
जतिखेर सिपाही गल्ती गर्छ
त्यतिखेर उ सिपाही होइन
सुधार गर्छ अनि सिपाही हुन्छ
अनुशासित हुन्छ
उ सिर्फ ठगार नेता जस्तो छ
नेताको अल्से छोराछोरीहरु जस्तो छ
नेताको भुसतिघ्री श्रीमति जस्तो छ
नेताको वरिपरी घुम्ने झिंगाहरु जस्तो छ
निदाएरै पेट पाल्छ
पेट भर्दै भर्दै निदाएको छ
लाग्छकी उ केहि बोल्दैन
अन्धा छ केहि बोल्दैन
मुर्ख होइन बुद्धिमान छ
आफ््mनो आँखा खोल्न सक्छ
तर पनि निदाएरै पेट पाल्छ
अनि अरुलाई खोक्रो बनाउंछ
दुब्लो बनाउंछ
च्याङ्ग्ररे बनाउंछ
माग्ने भिखारी जस्तो ठान्छ
यसको अर्थ उ दरिलो बलियो पोटिलो होइन
उ स्वार्थको प्रतिक हो
भ्रष्ट तत्वको संकेत हो
भ्रष्टले अरुलाई पनि भ्रष्ट बनाउन खोज्छ
आँखा छोपेर भ्रष्टाचार गर्दैमा अरुले देख्दैन भन्ने उनमा भ्रम छ
जिवनको आफ्नै सार छ
पेट हालेर सुत्नुमा होइन
आँखा खोलेर पेट भर्नुमा सार्थकता छ ।

(नोभेम्बर २०१२, फार्नबोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.