गजल : मनलाई सिलाइदेउ

~शान्ता गौतम~

फाटेको मनलाई सिलाइदेउ,
बाच्छ भने अमृत पिलाइदेउ।

खाल्टाखुल्टी किन जताततै,
डोजर लगाई मिलाइदेउ।

पर्दाबाट चिहाउनेलाई,
भरपेट मीठो खिलाइदेउ।

बहानामा निदाउनेलाई,
तताई झीर यो छिराइदेउ।

-फिदिम, पाचथर ।

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.