~नुमनाथ प्याकुरेल~
म गोविन्द !
म निरीह यिनका नजरमा
मानवता हराएको
यो शहरमा
कैले उनले घचेटेर
कैले यिनले धकेलेर
कैले यता, कैले उता उछिट्याइन्छु।।
म बबुरो तिनका नजरमा
उठेर फेरि हिड्ने अभिलाषा ले,
मेरा तिनकोरि वर्ष वित्दै गर्दा
कैले यिनले गलत्याएर
कैले तिनले मुन्ट्याएर
कैले माथी, कैले तल सुर्क्याइन्छु।।
म निसहारा यिनका नजरमा
अदालतिय न्याय पाउने आशामा
कैले सामाजिक न्याय मिल्ने भरोसामा
कैले कुशासनका विरुद्ध बोल्दा
कैले दण्डहीनताका बिरुद्ध लेख्दा
सद्भाव र मैत्री विथोल्ने भनी हुर्याइन्छु।।
म मत्लबि तिनका नजरमा
कैले यिनले निसाफ गर्लान् कि भनेर
कैले तिनले इन्साफ गर्लानकी भनेर
हिम्मत नहारेर
कैले यिनका कैले तिनका ढोका चहार्दा
समाज भडुवा भनेर गलत्याइन्छु।।
म एक्लो तिनका नजरमा
धेरैपटक लड्दै, हुर्याइदै
मिल्काइदै, गलत्याइदै गर्दा
सहृदयीहरुको ऐक्यबद्धताले
माफियाको चंगुल चट्गर्न
मृत्यु संग लडिरहेको छु।।
मलाई यो ढल्नलागेको जीवन भन्दा
हुर्कदै गरेका मनहरुको चिन्ता छ।
मलाई सिनोखान पल्केका विरालो भन्दा
शिंह झैं गर्जने आउदो पिढिको चिन्ता छ।।
म अनसनमै मरेँ भने,
मेरो शरिरमा
कसैलाई श्रद्धाञ्जली अर्पण गर्न नदिनु
मेरो लासमा कुनै झन्डा नओढाइदिनु।
खुसुक्क आर्यघाटमा मेरो दाहसंस्कार गरिदिनु।
यी लम्पसर माफियाका भतुवाहरु
लाजपचाएर समवेदना व्यक्त गर्न आउलान
तिनलाई मुलढोका बाटै फर्काइदिनु।।
म ढलुँला त एक्लै ढलुँला,
(स्रोत : हाम्रोदमक डट कम)