कविता : मेरो भगवान्

~दिनार रनादी~

म जस्तै दुरुस्तै
मेरो छ भगवान् ।।

पूजा प्रसादमा हुरुक्कै हुने
निन्दा सहनै नसक्ने
म जस्तै दुरुस्तै
मेरो छ भगवान् ।

जब मनको ऐनामा म मलाई हेर्छ
भगवान् मलाई देख्छन् कि
म भगवान्लाई देख्छु
भगवान्लाई नै थाहा होला
तर मलाई थाहा छ
सुख के हो ?
दु:ख के हो ?
सार के हो ?
असार के हो ?
मृत्यु
असत्य हो
नित्य म ध्यान गर्छ
त्यसैले निर्वाणको कामना गर्छ ।

म भगवान्को सृष्टि कि
मेरो सृष्टि भगवान्
मलाई केही थाहा छैन
तर मलाई थाहा छ
म भगवान्को रूप
मेरो स्वरूप भगवान्
त्यसैले म भन्छु
म जस्तै दुरस्तै
मेरो छ भगवान् ।

(स्रोत : ज्ञानबिन्दु – बर्ष ६, पूर्णाङ्क ६, २०६६ फाल्गुन)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.