~लाक्पा शेर्पा समर्पित~
चोखो प्रेम सार्ने बानी देखे बल्ल बल्ल
आत्मबल मार्ने बानी देखे बल्ल बल्ल
सके मद्दत गर्छु तर समस्या बढाउदिन
सागर नै तार्ने बानी देखे बलाल बल्ल
विश्वास गरि असल ठान्ने शंका भएनि
भँमरा झै चार्ने बानी देखे बल्ल बल्ल
जन्मनु मर्नु एक्लै उकाली र ओराली
काँडेबार बार्ने बानी देखे बल्ल बल्ल
ढाँट्न छल्न लागेपनि सत्य हराउदैन
सधै जित हार्ने बानी देखे बल्ल बल्ल
गजलकार :- लाक्पा शेर्पा समर्पित(नेपाल)
ताप्लेजुङ, हाल : धनगडी, कैलाली, नेपाल
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )