कविता : के हो माया

~नीता के.सी.”भट्टराई”~

कोहि भन्छन दुई मुटुको ढुक-ढुकी हो माया !
कोहि भन्छन निको नहुने ब्यथा हो माया – -!

माया त मायानै हुन्छ चोखो र बिटुलो हुदैन माया !
बाच्छ सधै मुटुमै माया नाफा र घाटा केहि हुन्न माया !

परेली भित्रै बस्छ माया टाढा र नजिक हुदैन माया !
पीडा र खुशीमा दुबैमा रुन्छ पराईको कहिले हुदैन माया !

कहिले अभावै-अभाव कहिले आशै-आशा हो माया !
कहिले जिबन काट्ने प्रेमको पबित्र ग्रन्थ हो माया – – !!!!

नीता के.सी.”भट्टराई”
लैनचौर – काठमाडौँ !!

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.