~गोविन्द विकल~
युग ।
तिमीले पिउन लागेको सर्बतको गिलासमा
एक टुक्रा बरफ म
क्रमशः बिलिँदै जानेछु।
युग ।
तिमीले तान्दै गरेको चुरोटको
एक सर्को धूवाँ म
क्रमशः हावामा विलीन हुनेछु।
युग ।
तिमीले हिँडेका थुप्रै पाइलाहरूमा
म ।
एउटा डोब
धेरै पछि छोडिनेछु
युग ।
महाबलि तिमी
म एउटा अणु तैपनि
मान्छेको महत्ताको गीत भएर म
तिम्रो मुटुभित्र धड्किरहनेछु।