कविता : गद्य-गीत

~विजय मल्ल~

त्यो पर माथि आकाशमा,
दिउसै दिन रोएको, छटपटाएको,
आँसु-झारेको
तिमीले देख्यौ ?
यसरी विस्मयले सोधेको मलाई अ-
हिले संझना छ ।
प्रिय ! उहिले वायुमा ओसारिएका
सुस्केराहरुलाई
कान थुनी धिक्कारेको, म संझन्छु ।
त्यो रुने वृहत आकाशको कमजो-
रीलाई, व्यथाले दुहेको त्यो वर्षालाई
घृणा गरेको, अहिले म संझन्छु ।
त्यो व्यापक रुञ्चे आकाशभन्दा
आफूलाई बलियो संझेको,
ओहो अहिले संझना छ ।
प्रिय, अहिले भने, –
वायुमा सुस्केराहरु मेरै ओसारि-
न्छन्, मेरै निराशाहरु त्यो डाँडाभन्दा
माथि माथि उडछन् ।
अनि माथि आकाशमा आँधी
उठाउँछन् वर्षा वर्षाउँछन् ।
उफ ! प्रिय ! मेरो यो वियोगको
छिनमा वर्षा त्यहाँ, बढ्यो होला !
आकाश त्यहाँ रोयो होला !

(स्रोत : पं. बदरीनाथद्वारा सम्पादित पुस्तक “पद्य-सङ्ग्रह” बाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.