~ऋतिक यादव~
तिम्रा प्रयासका हरेक पाईलाले सफलता चुमोस्।
पक्कै राष्ट्रलाई तिमीजस्ता खम्बाको जरुरत हुनेछ।
तिम्रा परिश्रमको कदर यो समुच्च संसारले गरोस्।
तिम्रा प्रशंसा गर्नेको अन्नत विकराल भिड हुनेछ।
आकाशमा तारा हेर्नेमा भीडमा मेरो नयन तर्सोस।
विस्वास छ तिम्रा नामका तारा क्षितिजमा हुनेछ।
तिम्रा बढोतरीको दावेदारी कोहीले गर्न नसकोस्।
तिम्रा दृढता र अब्बल निश्चयले यो संसार बदल्नेछ।
जीवनका चुनौती तिम्रालागि खुब सजिलो बनोस्।
संघर्षको सामना तिमीबाट समयसापेक्ष नै हुनैछ ।
ईतिहासको पृष्ठमा तिम्रा हिस्सेदारी सुरक्षित होस।
तिम्रा प्रेरणादायी जीवनीको कथा हाम्रा हातमा हुनेछ।
विदाई कुनै खासै सन्दर्भ तिम्रालागि सावित नहोस्।
हाम्रो मोहक भरोसाले हौसलालाई पुर्णता पाउनेछ।
विदाई पत्रको अपिल यो समस्त संसारले बुझोस् ।
तिम्रा लागि सधैभरि मेरा आँखा चाहिँ रसाईरहनेछ।
– ऋतिक यादव
कक्षा -११, ओम नेशनल एकेडेमी
विरगंज,पर्सा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )
