~प्रोल्लास सिन्धुलीय~
बाबु पुस्तैनी दुःख खप्परमा बोकेर हिँडिरहेछ
छोरो नखरमाउली पल्सरमा बोकेर हिँडिरहेछ
बाटो त्यही हो, पुस्ता हिँडे अनि ऊ हिँड्यो
अझै सागको मुठो घरघरमा बोकेर हिँडिरहेछ
पेन्सन पाएझैँ गरी सिङ्गो परिवारको भार
बूढो हड्डीको भरमा बोकेर हिँडिरहेछ
निराश युवाहरूकै अघिल्तिर हरेक दिन ऊ
चाउरिएको मुस्कान अधरमा बोकेर हिँडिरहेछ
– प्रोल्लास सिन्धुलीय