सजल महेश आचार्यका तीन मुक्तकहरु

~सजल महेश आचार्य~

(१)
एकैछिन तिमी विना रहुँला ममा धीर छैन
तिमी नै छौ सम्झनामा अरु केही पीर छैन
हावासँग पनि इर्ष्या लाग्छ तिमीलाई स्पर्श गर्ने
तिमी नजर परेदेखि तनमन केही थिर छैन ॥

(२)
आफ्नो यात्रा, आफ्नै शुभकामना थियो
रोजेको बाटो आफ्नै प्रीय सिर्जना थियो
कहाँबाट कालो बादल आयो आँखा छोप्न
जून छोइ जून हुने प्रवल चाहना थियो !

(३)
जेनतेन गुज्रिएको जर्जर जीवन भो
पानी छैन तिर्खाउँदा, हर्हर जीवन भो
कसैसँग कुनै गुनासो छैन आज पनि
आफैसँग झर्को लाग्ने कर्कर जीवन भो !

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.