~इन्द्रकान्त शर्मा~
आदरणीय मित्रल कृष्ण थापाले यो पुस्तक पढेर टिप्पणी लेखिदिनु होला भनेर आफूले लेखेको “अनौठा सम्झनाका दिन” भन्ने पुस्तक दिएको धेरै लामो समय भयो । पुस्तक पढेर सामान्य समीक्षा लेखिदिने मलाई समय नै मिलेन । बल्ततल्ल धेरै समयपछि यो पुस्तक पढेर भ्याउन सफल भए । के पो होला जस्तो लागेको थियो, पुस्तकका पाना पल्टाउँदा । तर पानाभित्रका शब्द र लाइन पढ्दा भने चिज सोचेभन्दा फरक फेला पर्यो । त्यसपछि मलाई निम्न रूपमा पुस्तकको टिप्पणी गर्न मन लाग्यो ।
“कक्षा ८ मा अध्ययन गर्दा फटाहले लगाएको चुक्ली”—“तेरो छोरा बहुदललाई समर्थन गर्छ । उग्र छ । पञ्चायत र पञ्चले भनेको मान्दैनन्् । त्यसकारण स्कुल नपठाउनू । बिग्रन्छ ।” (कबे, टङ्के, नरे र ललितेलाई यो पुस्तक प्रकाशन हुँदासम्म जीवित रहेको भए लाज लागेको हुनु पर्छ) । उनीहरूले चाकरी गर्ने पञ्चायती व्यवस्था ढलेको पनि निकै भयो । कक्षा ८ मा पढ्ने नाबालकलाई पनि बाँकी नराख्ने पञ्च र पञ्चायती व्यवस्थालाई मुर्दावाद भनेर नेपाली जनताले त्यसै भनेका रहेनछन् । कक्षा ८ मा पढ्ने बालकको यस किसिमको उच्च राजनैतिक चेतना पनि चानेचुने कुरो होइन ।
कक्षा १० मा अध्ययन गर्दा स्वास्थ्यचौकीको घटना शीर्षकमा १६ दिनपछि गाउँमा फर्किएपछि के भयो ? पाठकको कौतुहलता मेटिएन । सर्कुवा ६, माझखर्कबाट पुलिसको माझबाट राती भागेपछि के भयो ? यहाँ पनि कुरा बाँकी रहे जस्तो लाग्यो ।
“आमाको जन्तर सम्झँदा”—समाजमा हुने कुनै पनि घटनामा साथी आफन्त (मन मिल्नेहरू) ले सामुहिकता अपनाउँछन् त ? मलाई लाग्छ, अपनाउँदैनन् । असाध्यै पीडित हुँदा पनि कहीँ कतैबाट कुनै किसिमको सरसहयोग नपाएपटि भुङ्ग्रोबाट निस्केको फिलिङ्गो जस्तै हो यो भनाइ । यो अनुभव । के गर्नु प्रतिक्रियावादी समाज नै यस्तै हुन्छ । तैपनि लेखले ढाडस दिँदै भन्नु हुन्छ– “तर पनि नयाँ सपना बोक्नेहरू असङ्ख्य क्षति, असङ्ख्य दुःखको सामना गरेर अगाडि बढ्नु पर्दछ । त्यही नै उनीहरूको इतिहास हो ।” यही शीर्षकमा उहाँले समाजको सामुहिकताप्रति खिन्नता प्रकट गर्नु भएको छ । “सर्कुवा ७ मा कायमबारीमाथि रेशम गिरी र मैले पुलिस लखेट्दा” शीर्षकमा समाजको सामुहिकताप्रति यसरी गर्व प्रकट गर्नु भएको छ– “बिजुवामा नामबहादुर थापा, बलबहादुर थापा र गाउँलेहरूले प्रहरीलाई लखेटे । डाँडाखानीका ढकबहादुर पुन, जगदीश, खडकबहादुर र गाउँलेहरूले आफ्नो गाउँमा आएका पुलिसलाई लखेटे । यसरी प्रहरी लखेट्ने अभियान नै सुरू भयो ।पछिपछि त जनता र हाम्रा कार्यकर्ता पनि प्रहरीसितको सम्बन्धमा अभ्यासरत भए । प्रहरीले कसैलाई सोध्न आउँदा ठीक विपरीत दिशातिर बताइदिने स्थानीय प्रचलन जस्तै भयो ।”
विद्रोही स्वभाव र पैतृक सम्पत्ति कायम राख्ने कुरा जीवनका अलग अलग पाटा हुन् । विद्रोहमा मडवारी अडाना राख्दा ब्याज, स्याज र साँवाले एक जोडी “मडरी” शायद मडवारी सिद्धिनु सामान्य कुरा हो । आमासँग कुनै वा बढी प्रतिवाद नगर्नु राम्रो पक्ष हो । तर दुनिया परिवर्तन गर्ने महान उद्देश्य बोकेर हिँडेका क्रान्तिकारीहरूका निम्ति आफ्ना वरिपरिका समाजले सामुहिकता नपाउँदैमा दुःख मनाउ गरेर कुनै निस्कर्ष निकालिहाल्नु उचित होइन कि ¤
“सर्कुवा ७ मा कायमबारीमाथि रेशम गिरी र मैले पुलिस लखेट्दा” शीर्षक पढ्दा पञ्चहरूको त्यस्तो बिगबिगी भएका बेलामा पनि कति सजिलो गरी उहाँहरूले पुलिसलाई लखेट्नु भएको हो ? पढ्दा रमाइलो लाग्यो । त्यति सहज रूपमा पुलिस लखेट्ने काम कसरी सम्पन्न गर्नु भयो होला जस्तो मनमा शङ्का पनि लाग्यो ।
“सार्वजनिक अपराधका मुद्दा खेप्दा” शीर्षकमा लेखकले जसरी भोकै सुत्नु परेको छ र सेलफुर्सेको बोक्रा खानु परेको काल्पनिक जस्तो लाग्ने यथार्थ चित्रण प्रस्तुत गर्नु भएको छ । आङ जिरिङ भएर आएको छ एकातिर भने अर्कातिर, पुलिस, प्रशासन, सिडियो, तत्कालीन अञ्चलाधीश समेत सम्पूर्ण व्यवस्थाप्रति आक्रोश बढेर गएको देखिन्छ ।
२०४६ सालभन्दा पहिले सार्वजनिक मुद्दा लागेका साथीहरूलाई अभिनन्दन (ब्याडथला) को फोटो सफा, स्पष्ट देखिएको भए अझ राम्रो हुन्थ्यो ।
याक छाप ७ नम्बरको चप्पल र लेखक कृष्ण थापाको गाला मार्मिक लाग्यो । २०३८ सालमा बागलुङ कारागारमा बस्दा भएको दुव्र्यवहारमा यो कुरा उल्लेख गरिएको छ । कति निष्ठुरी हातले हिर्काइए होला, गालामै छाप पर्ने ?
लेखकको प्रगतिशील विवाह कति वर्षको उमेरमा कुन मितिमा भएको थियो ? उल्लेख गरेको भए पनि राम्रै हुन्थ्यो । प्रगतिशील विवाह गर्ने अरू अरू दम्पत्तिको नाम समावेश गर्नु राम्रो भएको छ । तर आज ती मध्ये केही जतासुकै रहेका किन नहोउन् ?
जनवादी गीत प्रचार गर्न किनेको ठाडो टेपरिकर्डरले बागलुङको दक्षिणी भेगको सांस्कृतिक कार्यक्रम र सांस्कृतिक आन्दोलनमा सहयोग पुर्याएको घटना राम्रो लाग्यो । सङ्गठन विस्तार गर्न के के गर्नु पर्दो रहेछ ? जानकारी भयो ।
बिजुवा प्राथमिक विद्यालयमा अध्यापन गर्दा लेखकले अध्यापन सँगसँगै सङ्गठन विस्तारप्रति खेलेको भूमिका सराहनीय छ ।
जनता माध्यमिक विद्यालयमा अध्यापन गर्दा लेखकले गरेको सङ्गठनसम्बन्धी क्रियाकलाप, खरबारीमा बसेको वैठकले उहाँ सङ्गठनप्रति कति समर्पित हुनु हुन्छ भन्ने थाह लाग्छ । पञ्चहरूले विपक्षी बहुदलवादीहरू गर्ने व्यवहारले उहाँ प्रताडित हुनु परेको नरमाइलो पक्षले जोसुकैको मन दुखाउने गरेको छ ।
२०४२ जेष्ठ २ गतेको जनता माध्यमिक विद्यालयको सर्कुवा काण्ड अर्थात बागलुङको दक्षिणी भेगको कालो दिनको घटना भत्र्सनायोग्य छ र घटनालाई पढ्दा जसको पनि आङ जिरिङ भएर आउँछ ।
डाँडाखानी–राङखानीमा चैते दसैँमा राखेको पसल पार्टी सञ्चालनका लागि आवश्यक पर्ने आर्थिक सङ्कलन गर्ने विभिन्न उपायमध्य एक हो । यस्ता विविध क्रियाकलाप गरिरहनु पर्छ, पार्टी सञ्चालनका लागि ।
“खाना नभई खरमाथिको मकै भाँच्दा” रमाइलो लाग्यो । मन खिन्न पनि भयो । सङ्गठनका लागि, सङ्गठन विस्तार गर्नका लागि के के गर्नु पर्दो रहेछ ? जानकारी पनि भयो र सङ्गठनकर्ताले जुन सँगै परिवारमा बसेका छन्, छुट्टिभिन्न भएका छैनन्, त्यस्ताले हरेक आमाहरूलाई आफ्नो पक्षमा पार्दा सङ्गठन गर्न सजिलो हुने पनि जानकारी भयो ।
राङखानी तोरीबारीको घटनामा लेखक स्वयंले भने जस्तै शत्रुलाई सानो ठान्नु हुँदैन । पार्टीका जिम्मेवारी लिएको मान्छे बढी उत्तेजनामा आएर प्रतिशोधात्मक भावनामा पनि आउनु हुँदैन । नेतृत्वले समय, परिस्थिति र परिणामलाई ध्यानमा राख्नु पर्दछ । ठोस परिस्थितिको ठोस मूल्याङ्कन गरेर अगाडि बढ्नु पर्दछ ।
“प्रत्येक घटनामा भएका मोर्चाहरूमा”—भूमिगत कालमा (मसाल) पार्टीमा जुन सक्रियता रहन्थ्यो, अहिले त्यस्तो हुन छोड्यो कि जस्तो हुँदै गएको छ ।
“सर्कुवा घटना (२०४२) मा बागलुङ बजारमा अञ्चलाधीशकहाँ डेलिगेसन जाँदा” लेखकलाई जुन ज्ञान प्राप्त भएको छ, त्यो २४ क्यारेटको छापावाल सुन बराबर एकदमै सही छ । पञ्चायती व्यवस्थाको फक्रँदो अल्लारे बैँसका समयमा अञ्चलाधीशकहाँ जाँदा न्याय नपाए पनि घटनालाई पर्दाफास गर्नका लागि उपयुक्त कुरा हुन्थ्यो । सो भयो र साथै डेलिगेसन जाँजा साधारण प्रतिनिधिको साटो दृढ प्रतिनिधिको छनौट गर्दा दृढताका साथ सङ्घर्ष गर्न सकिन्छ र सङ्घर्षमा सफलता हाल लाग्छ । साह«ै राम्रो कुरा हो ।
धुल्लु बास्कोटको लिउँवा र हुग्दीसिरको पोखराचौरमा भलिबल खेल्दा अर्थात उति बेलाका खेलकुदका उद्देश्य जनआधार निर्माण गर्ने, स्वास्थ्य, मैत्रीपूर्णर शारिरीक तन्दुरूस्तीका लागि हुन्थे । अहिले त्यस्तो रहेन । पैसा, रोमाञ्च आदिले मैत्रीपूर्ण नभई झगडा, वैमनस्यता बढाउने किसिमको रहको हुँदा पार्टी सङ्गठनले ध्यान दिएमा राम्रो हुने रहेछ ।
हात्तिढुङ्गा पैयुँ थन्थाप, दमेक, सर्कुवा र कुश्मीको दोबार बोर जैदीको पुछारको वनभोज समेत सबै वनभोज कार्यक्रमहरू भाइचारा, मिलन र आन्दोलन मार्फत सङ्गठन विस्तार गर्नु राम्रो पक्ष हो । वनभोल खालि मनोरञ्जन र भोजन ग्रहणको रूपमा मात्र गरिनु हुन्न । त्यसबाट केही साङ्गठनिक उपलब्धि हुनुपर्दछ, गर्नु पर्दछ भन्ने सन्देश दिएको पाइन्छ । पहिलाका वनभोज पञ्चायती व्यवस्थाका विरुद्ध हुने गर्थे भने अबका वनभोजका पनि देश, काल, परिस्थिति अनुसारका उद्देश्य राखेर गरिँदा राम्रो हुने पाठ पाठकलाई प्रदान गरेको देखिन्छ ।
“छिस्ती पुरानो गाउँमा प्रशिक्षण शिविर सञ्चालन गर्दा” पढेर मनमा एक किसिमको त्रास उत्पन्न भयो । एm, कति कठिन, अप्ठ्यारो ब्यहोर्नु पर्दो रहेछ कम्युनिस्ट हुनलाई भन्ने लाग्यो । तर फेरि। हामीसँग डिलबहादुर श्रीस जस्ता पहरामा घामपानी, हावाहुरी खाएर हुर्किएका सतिसाल पनि त हुनु हुन्छ नि । के को पिर ? ढुक्कै जस्तो पनि लाग्यो ।
पञ्चायत कालमा विभिन्न स्थानमा सांस्कृतिक सभा गर्दा टेपरिकर्डरले सङ्गठन विस्तारमा महत्वपूर्ण भूमिका खेलेको, सङ्गठन विस्तारका लागि “गाउँमा विद्रोह” नामक पूर्णाङ्की नाटक प्रस्तुत गर्न सक्नु महत्वपूर्ण पक्ष हुन् ।
टिमुरे प्राथमिक विद्यालयको सांस्कृतिक कार्यक्रम पनि उल्लेखनीय प्रकारकै रहेको देखियो । कार्यक्रम सकिएपछि जनताले नै टिप्पणी गरेका थिए कि “अचम्मै देखियो, साह«ै राम्रो रहेछ ।”
राङखानी किटेनी काफलपैरोको सांस्कृतिक सभामा देखाइएको “गाउँको विद्रोह” जनता ब्युझाउने किसिमको रहेको हुँदा ६० वर्षीया महिला प्रहरी ज्यादती विरुद्ध उभिइन् । कुनै बेला रूने, कुनै बेला हाँसोमा रमाउने, कुनै बेला अन्यायका विरुद्ध उठ्ने—वास्तविक जिन्दगी यस्तै हुने गर्छ ।
बाटाकाचौरको सातदोबाटोमा भएको सांस्कृतिक कार्यक्रम कडा परिश्रम र धेरै मिहिनेतपछि सफल भएछ । कडा परिश्रम र धेरै मिहिनेतपछि प्राप्त सफलता असाध्यै मिठो हुने गर्छ । पौराणिक देवीदेवतामध्ये उक्त स्थानकी सत्यवती देवी बहिरी भएकीले वर माग्दा साह«ो प्रकारले आवाज निकाली वर माग्ने प्रचलन सुन्दा, पढ्दा रमाइलो लाग्यो ।
जैदीको बतासेडाँडामा भएको सांस्कृतिक कार्यक्रम लगायत सबै कार्यक्रमहरूमा नेतृत्व तहको खटनपटन बोल्सेभिक स्प्रीटको रहेको महशुस भएको छ । तर अब ती ठाउँका जनताको चेतना स्तर वा वर्ग पक्षधरता के रहेको होला ? त्यति दुःख, कष्ट गरेर जनताको चेतना स्तर विस्तरा गराउनेकै पक्ष्ँमा होलान् वा सङ्लिएको चेतना स्तर अन्य विविध तत्वहरूले खलबल्याए होलान् ? जिज्ञासाको विषय भएको छ यतिखेर ।
हुग्दीसिर पोखराचौरको सांस्कृतिकसभा फटाह र सिआइडीले जतिसुकै यातना दिए पनि त्यसैको बीचबाट सङ्गठन बलियो र मजबुत हुँदो रहेछ । त्यसकारण फटाह र सिआइडीबाट कत्ति पनि नडराइकन आफ्नो लक्ष्यमा अग्रसर भैरहेमा सफलता हासिल गर्न सकिने सन्देश यो सांस्कृतिक सभा समेत सबै कार्यक्रमहरूले दिएका छन् । तर यति महत्वपूर्ण पुस्तकमा त्यस्ता निम्न स्तरका फटाह र सिआइडीको नाम उल्लेख नगर्दा नै राम्रो हुन्थ्यो कि ¤ त्यस्ताले स्थान नपाउँदा नै राम्रो हुन्थ्यो कि ¤ पृष्ठ १० मा कथित पञ्च भलादमीको नाम पनि उल्लेख नगरेकै भए पनि हुन्थ्यो कि ¤
बिजुवा प्राथमिक विद्यालयको सांस्कृतिक सभा (पैयूँ थन्थाप) र अन्य क्रियाकलाप गर्दा पञ्चहरूको बाहुल्य रहेको व्यवस्थापन समितिले “संस्था” राम्रो बनाऊ, अरू सबै तिमीहरूको जे इच्छा छ, गर” भन्नु राम्रो लाग्यो । शिक्षक, अभिभावक एक साथ अघि बढ्नु विद्यालयका लागि राम्रो पक्ष हो ।
“श्री जनता माध्यमिक विद्यालयको सांस्कृतिक कार्यक्रम” लेखकले कति सहजसँग प्रहरी, थानेदार, पञ्च सबैसँग प्रतिवाद गर्न सक्नु भएको हो ? धन्यवाद नदिइरहन सकिँदैन । धन्यवाद छ । यहाँ पनि प्रधानपञ्च (कबे) को नाम नलेखेको भए हुन्थ्यो जस्तो लागेको छ । कथित प्रधानपञ्च मात्र भनेको भए पुग्थ्यो कि जस्तो लाग्छ । लेखक र आमा बीचका कुरा सुन्दा म्याक्सिम गोर्कीको “आमा” उपन्यासको झल्को दिएको छ घरिघरि ।
“सुत्ने कोठाबाट बलबहादुर र झलकलाई गिरफ्तार गर्दा”—हो । लेखकले भने झैँ अत्याचारको पनि पराकाष्ठा हुन्छ । अनाहकमा भाइ बलबहादुर र झलकलाई गिरफ्तार गरेर चर्को यातना दिएपछि सारा गाउँ नै फटाह, प्रहरी प्रशासनका विरुद्धमा उठ्यो । अन्याय, अत्याचारका विरुद्ध सङ्घर्ष गर्नु अपरिहार्य नै हुन्छ ।
“रेशम गिरीसँग खोलामा माछा मार्दा”—“हेर्दा हेर्दै झिल्केले डाँडा काट्यो ।” कति रमाइलो लागेको हो, ठेउलेको माछा मार्ने खेल । एकातिर यति रमाइलो आनन्द, अर्कातिर, घरको कोठाबाट पुलिससँग फुत्किँदा कति नरमाइलो ¤
“जैदीबाट सर्कुवा फर्किदा पोखरीमा पर्दा”—“पञ्चायत लागेर भएन भनेर प्रकृति पनि लाग्यो ।” बाग्दुलाको भिर, त्यसैमा मुसलधारे पानी, अनि कालो, अँध्यारो रात सुरू । मसिनो स्वर, सासैसासको बोली, अनि पोखरीमा खस्नु—यिनै त हुन्, अनौठा दिनमा सम्झना । आहा, ती दिन ¤ जीवनको आखिरी क्षणमा आनन्द आउने दिन । आयु बढाउने दिन । आस्था नफेरिएमा बुढेसकालमा सिरानी हालेर सुत्ने दिन । सङ्घर्षबाट खारिएर प्राप्त भएको ज्ञान । भूमिगत रहने भन्ने नाउँमा भाग्ने, लुक्ने, कसैले पनि नदेख्ने, थाह नपाउने भन्ने होइन । जाली, फटाहसँग मात्र भूमिगत हुने हो । त्यसका लागि छापामार कुटनीतिक तरिका अपनाउने र शत्रुलाई सानो नठान्ने सामान्यलाई पनि भयङ्कर ठूलो नठान्ने । असाध्यै ठीक । तर शीर्षकको भाषा ठीक भएन कि अथवा स्पष्ट भएन कि ¤
“राङखानी पाहीमा लीला राना, महेन्द्र र म खाना खाँदा”—कति व्यावहारिक कुरा ¤ सामान्य लाग्ने कुरा, तर असाध्यै व्यावहारिक । यसरी नै हो, जनासँग भिजेर सङ्गठन विस्तार गर्ने । यसमा जनताका खाना, नाना, छाना अथवा नुन, भुटुन, भोटोका समस्यालाई आत्मसात गरिएको छ । कथा जस्तो लाग्ने, तर वास्तविक घटनाहरू ।
“बरेङबजारको पुलिसचौकी भत्काउँदा”—“बरेङ सङ्गठनका लागि रणनीतिक एवं भौगोलिक हिसाबले धेरै महत्वपूर्ण स्थान हो ।” यो भनाइ वा यो विचार पार्टीभित्र मात्र रहनु पर्ने विचार हो कि जस्तो लाग्छ । बाहिर ल्याइसकेपछि दुश्मनले थाह पाउँछ । या त पार्टीको उद्देश्य प्राप्त भैसकेको हो भने मात्र बाहिर ल्याउँदा राम्रो हुने हो ।
“बरेङ बजारमा बाख्राचोर भनी लखेटिँदा”—कति सास्ती दिएछन् हे पशुपतिका फटाहले । यहाँ पनि फटाहको नाम उल्लेख नगरेकै भए बेस हुन्थ्यो कि ¤ अथवा के फटाहले यो पुस्तक पढ्लान् ? अनि के फटाहले आफूलाई धिक्कार्लान् ? आफैसँग लाज मान्लान् ? अब त जिवितै पो छैनन् कि ?
“युवक सङ्घको वैठकमा विवाद”—यस्तै अनौठा वैठक नै अविश्मरणीय हुने गर्छन् । अखिल नेपाल युवक सङ्घको प्रथम जिल्ला सम्मेलन सम्पन्न गर्ने बेलाको हिउँ, जाडो, दुदिलाभाटीका किसानले खुवाएको सागभात र सम्मेलन सम्पन्न भएपपछिको असीम आनन्द ।
सर्कुवा ६ मा डिल्लीप्रसाद शर्माका तिन बच्चाको हत्या हुँदा लेखक समेतको नेतृत्वमा हत्यारालाई कारवाही गर घ् पुलिस प्रशासन मुर्दावाद ¤ घटनाको विरोध त भएछ तर डिल्लीप्रसादलाई न्याय मिल्न के गर्यो ? लेखमा स्पष्ट भएन । पाठकलाई एक किसिमको जिज्ञासा उत्पन्न मात्र गराइयो । हत्यारा लीलबहादुर थापालाई कारवाही के कस्तो रह्यो ? के उसलाई हालसम्म (पुस्तक प्रकाशन भएको मिति २०७० आश्विनसम्म) कुनै कारवाही हुन सकेको छैन ।
“घरको कोठाबाट पुलिससँग फुत्किँदा”—ए एक्लै त्यति धेरै पुलिससँग कसरी लड्न सकेको होला नि घ् नाङ्गो शरीर, सिस्नोको झाङमा अल्झिँदा पनि पुलिसले दयामाया नदेखाउने । ठिकै भनेका रहेछन्– प्रतिक्रियावादीको मन फाँसीको तख्तामा मात्र परिवर्तन हुन्छ भनेर ।
पर्म लागउन गएकी शान्ति र आँगमा खेलिरहेकी चमेली (बिहानी)लाई पनि बाँकी राखेनछन् । तिम्लाई चण्डाल खैरे हो भनेर गर्जन मन लाग्यो मेरा पनि । हालमा पोशाक फेरिएका भए पनि तत्कालीन समयमा खैरो नै थियो । यी खैरेहरूले ५ महिनाकी छोरीसितकी निर्दोष आमालाई नछोड्ने कति क्रुर र बर्बर दमन हो नि ¤ यहाँनेर टङ्के, कबे लगायतका फटाह, बदमास पञ्चहरूको नाम उल्लेख गर्नु ठीकै जस्तो भए पनि यसभन्दा अघिका पाठ (अध्याय) मा उल्लेख गर्नु राम्रो हुन्थेन कि जस्तो लागेको छ ।
“२०४६ सालमा बहुदल आउँदाको खुसियाली”—ठूलो सङ्घर्षपछि गनी गनी चार वटा खुसी प्राप्त भए समाजमा आमूल परिवर्तन गर्ने उद्देश्यहरू अझै बाँकी रहे पनि बहुदल प्राप्तीको खुसीमा रमाइन् ५ महिनाकी छोरी बिहानी थापा पनि । असाध्यै रमाइलो ।
“छिस्ती रिठावटको सांस्कृतिक कार्यक्रमपछि ब्याडथलाको मोर्चा”–यस किसिमको जुझारूपन हमेशा कायम रहँदा राम्रो हुने छ । यस पाठलाई “घरको कोठाबाट पुलिससँग फुत्किँदा” पाठभन्दा अगाडि राख्दा राम्रो होला जस्तो लाग्छ ।
“पोखरा बुढीबजारमा तरकारी खेती गर्दा”—एक्लै भएर पनि कति उत्साहपूर्वक श्रम गर्नु भएको हो लेखकले ? सबैले अनुकरण गर्दा राम्रै हुने जस्तो लाग्छ, बरू यो खेती किन कसकातर्फबाट गरिएको थियो ? पाठमा खुल्न सकेको भए राम्रै हुन्थ्यो कि ¤
“जैमुनिघाट काण्ड”—कैयौँका गाईभैँसी पिटियो । गिरफ्तार भएका दलबहादुर वि.क. समेतलाई मट्टितेल, पेट्रोल खन्याएर पैताला र शरीरमा आगोले पोलियो । पुखमा पिसाब फेरियो । तैपनि झुकेनन् बन्दीहरू । जीत भयो सत्यको ।
“पाल्पा बस्दा कार्यक्रमको सम्झना”—महत्वाकाङ्क्षीहरू धेरै पार्टी चहार्दै हिँड्छन् । त्यसताकाको नाम महत्वका साथमा पुस्तक समीक्षामा पनि किन लिनु र ? बस यत्ति हो कि सम्झनलायक रहेछ पाल्पा बसाइँ लेखकको ।
“बिनामारे र अर्जेवाको भैलो”—यसमा लेखकका कुरा बाँकी छँदै लेख (संस्मरण) टुङ्गिएको जस्तो लाग्यो । “जनतालाई हाम्रो पक्षमा आवद्ध गर्न र सचेत बनाउन, अनि, कलाकारहरूको क्षमता वृद्धि गर्न यसले ठूलो मद्दत मिल्यो” मा लेख टुङ्ग्याइदिएको भए पनि हुन्थ्यो कि जस्तो लागेको छ ।
“जमानसिंह थापाको घटना सम्झँदा”—कायरहरूले जमानसिंह थापामाथि बर्बर हमला गरे पनि उहाँ बाच्न सफल हुनु भएछ । हत्यारा, योजनाकारलाई संरक्षण दिएर जमानसिंहमाथि सरकारले अन्याय गरेछ । धिक्कार छ, त्यस्तो सरकारलाई भन्न मन लाग्यो । ‘संस्कारले न्याय नदिएको मुद्दाको रूपमा त्यो मुद्दा बागलुङवासी जनताको मानसपटलमा कायम रहिरहने छ’ रहनु पर्छ, आवश्यक छ ।
“टिका थापाको घटना सम्झँदा”—साच्चै नै टिका थापामाथिको बर्बर आक्रमण कहिल्यै बिर्सन नहुने घटना रहेछ । अपराधीलाई कारवाही नगर्ने सरकारलाई पनि ।
“जनता माध्यमिक विद्यालय सर्कुवाका इन्द्र क्ष्ँेत्रीको घटनामा ब्याडथलाको मोर्चा”—पाठको शीर्षकमा इन्द्र क्ष्ँेत्री छ । तर पेटबोलीमा कुरा इन्द्र खत्रीको छ । दुवै एउटै होलान् । खत्री क्ष्ँेत्री होलान् । जे होस्, उनले गरेको कुकृत्य विरुद्ध ब्याडथलाको मोर्चा र त्यसका नायकलाई सलाम । घटनामा परिस्थितिहरू छिनछिनमा नयाँ सिर्जना भैरहने हुँदा सक्षम नेतृत्वले मात्र नयाँ परिस्थितिको सामना गर्न सकिने रहेछ ।
टिका थापाको घटनामा न्याय नमिले पनि मण्डले इन्द्रेविरुद्धको ब्याडथलाको मोर्चामा सत्यको जीत र असत्यको हार भएछ । चिलले चल्ला समाते झैँ चट्याङ चट्केसरि २ घण्टामा ब्याडथला ? क्या बात ¤
“जैदी बोरको भूमिगत बसाइँका दिन”—अहिलेसम्म १÷२ जना वाहेक विचलित नभएको अडिग र निर्भिक रहेको जैदी बोर । गाह«ो, अप्ठ्यारोमा साथी बनिरहोस् जैदी बोर । लेखकको जस्तै मेरो पनि न्यानो सलाम जैदी बोरवासीलाई ।
“पार्टीभित्रको नमिठो सम्झना”—लेखक समेत पुरै पार्टीलाई नमिठो लाग्ने बागलुङ जिल्ला विकास समिति, विशेष गरेर तत्कालीन सभापति लीला थापाका क्रियाकलाप । समय, परिस्थिति वा इतिहासले अवश्य यसबारेमा मूल्याङ्कन गर्ने छ । पर्वत जिल्ला पार्टीको वैठकमा आउँदा पनि उनीसँग कर्डलेस हुन्थ्यो । शायद त्यही कर्डलेस रहेछ । हाल कर्डलेस चानचुने र सामान्य लागे पनि त्यति बेला असामान्य नै थयो र अन्त्यमा जे नहुनु थियो, त्यही भएरै छोड्यो कि सभापति थापा र रेशम श्रीस नेकपा (मसाल) मा रहेनन् ।
“बागलुङ पार्टी कार्यालयमा बस्दा”—खाना खाँदै होटेलमा मोहियानी हक लाग्ने कति राम्रो हार्दिकता ¤ “बागलुङ बस्दा एमालेको वक्तव्य र माओवादीको मुद्दा”—एमालेको कति गैरराजनीतिक वक्तव्य ¤ पार्टीको जिम्मेवार नेता, विशेषतः कृष्ण थापासँग वार्ता नगर्ने, अनि, एमालेले राजमोका तल्ला स्तरका कार्यकर्तासँग वार्ता गरेर बागलुङमा कस्तो ठोस निस्कर्ष निकाल्ने ? माओवादीले पनि बागलुङमा राजमोमाथि राष्ट्रद्रोहको मुद्दा लगाउने । अनि, मुद्दा लगाएकासँग बोलचार र वार्ता नहुने रे ¤ कति रमाइलो “जनयुद्ध” ¤ महिना नपुगी जन्मेका क्रान्तिकारीको जनयुद्ध जर्तियुद्ध भयो बस ¤
“२०६२–६३ को जनआन्दोलनको घाइते”—२०६२ जेष्ठ १३ गते दिनको १२ बजे हल्लनचोकबाट प्रतिगमनविरुद्ध जुलुस निस्क्यो । कृष्ण थापा समेतका योद्धाहरूलाई घाइते बनायो प्रहरी दमनले । २०६२–६३ बागलुङ जनआन्दोलनका घाइते कृष्ण थापालाई सलाम ¤
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ३३ – July 22, 2015 – २०७२ श्रावण ६ गते, बुधबार)