गजल : रुवायो गजलमा !

~शेखर ‘अस्तित्व’~

हँसायो गजलमा रुवायो गजलमा !
यो शेखरले पागल बनायो गजलमा !

सुन्दासुन्दै सबैमा भन्थें रे श्रोताहरूले !
सुन्यो जस्ले त्यो नै हरायो गजलमा !

नयाँ बिम्व रचना, नयाँ भाव-चित्रण !
नयाँ शब्द-शैली सजायो गजलमा !

निभ्या छैन आँधी-हुरीमा, यो कस्तो !
दियो चेतनाको जलायो गजलमा !

गजलकै विषयमा गजल नै लेखेर धेरै !
गजल कसरी लेख्ने सिकायो गजलमा !

समाधिमा “अस्तित्व”को,मात्र लेख्नु भन्दै !
आफैँ जाग्यो गजलमा, निदायो गजलमा !

बुटवल–६
हाल : मुम्बई,

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.