युद्ध कथा : फेरिएको सम्बन्ध

~सरल सहयात्री पौडेल~

प्लाष्टीकले वेरेकै भएतापनि ढाडमा गह्रौं गरि वोकेको झोला भिषण वर्षातको कारण भिजी सकेको थियो, चेर्दुङ लेकको चाम्रो माटो चिप्लो न चिप्लो भएको थियो । लेकमा हुने भिरालो वारिको वीचमा वनाइएको गोरेटोमा पानी परेपछि दश मिटर माथी उग्लीने र ९ मिटर तल झर्ने हुन्थ्यो । यस्तोवेला हामी हातमा वोक्ने राइफल दोकाँधे पारेर भिथ्र्यौ र दुवै हात फकुवा वनाउथ्यौं । अनि ?, अनितः एक हातले वाटो समात्दा एक थाप्रा हिलो आउथ्यो र अर्को हातले समात्यो अर्को थाप्रा, दुवै हातमा दुइ थाप्रा हिलो भएपछि खुट्टाले ठाउँ मा भर दिंदैनथ्यो र चिप्लेर नौमिटर तल । दुःखका कुरा फरक हो तर धेरै मान्छेका हुलमा, नयाँ जीवनको खोजी गर्नेहरुका पंक्तिमा अर्थात नवीन सपनाको सन्सार खोज्नेहरुका भिडमा यस्तो यात्रा जीवनको अभूतपूर्व रमाइले क्षण हो

एकदिन हामी यस्तै चिप्लेटि यात्रा हँुदै पुर्वी पहाडी लेकमा सेल्टर लिएर सदरमुकाम कव्जा गर्न जाँदै थियौं । मनमा धेरै कुराहरु मडारिएका थिए एकसाथ । लडाइ जितिन्छ वा हारिन्छ ?, भोलीको विहान हामी मध्य को फर्कन्छौं को शहिद वन्छौं ? भोलीको विहान कस्तो हुन्छ होला ?, हामी जितको खुशिमा शहिद हुनेहरुको संझनामा आशु खसाल्छौं वा पराजयको चोटमा विलौना गर्छौं ? यदि म शहिद भएँ भने, मेरि आमा मलाइ संझेर कति रुन्छिन होली ?, के मैले मेरो वुवाको सपना पुरा गरेको हुने छु ? मेरि प्यारि वैनी ‘ उनको तोतेवोलीले मलाइ भन्ने गरेको ‘ प्यारो दादा’ त्यसपछि कसलाइ भन्छे ? तर क्षण भरमै मनमा अर्को कल्पनाको भेल उर्लन्थ्यो – यी सवै कुरा त भावनाको कुरा न हुन । म त यस्तो वहादुर सिपाइ वन्छु, जो आज सम्म यो जनयुद्धमै नदेखिएको होस । विनाडर सरासर अगाडी वढेको एउटा योद्धा, जसको हातमा एके ४७ हुन्थ्यो, कम्वरमा वुलेट र ग्रिनेडको माला ।, पिठ्युमा माइन र एक काँधमा वैंग्लोर टरपेटो ।, वा ! वा ! मेरो मनमा आवेगको भेल वग्न लाग्थ्यो र म झन अगाडी कल्पन पुग्थें – पहिलो प्रहारमा दुश्मनको क्याम्पमा वेरिएको तारवारलाइ तोड्न वैंग्लोर टरपेटो पड्काउथें । तारवार उडाएर एक राउण्ड व्रस्टमा एके पड्काएपछि एउटा ग्रिनेट वंकरमा छिराउथें । सवभन्दा पहिला आजसम्म कव्जा हुन नसकेको सवभन्दा राम्रो मेशिनगन कव्जामा लिन्थें । त्यसपछि मेरो उत्साह झन झन वढेको हुन्थ्यो, म दुइवटा वन्दुक वोकेर झन अगाडी जान्थें – एउटा हुरिसरि । मेरा अगाडी देखिने दुश्मनका सिपाइहरुलाइ एकाएक पल्टाउदै म वढीरहेको हुन्थें, वढिरहेको हुन्थें । तर एकाएक जव म अन्तिम अन्तिममा पुग्दै गरेको वेला मलाइ गोलीले छातिमा चुमिसकेको थियो । रगतको सागर मेरो शरिर छाड्दै वग्दै गर्दा मलाइ समात्न आइपुगेकी थिइन कमरेड उमा । अन्तिम सास फ्याक्न उमाको छातिमा टाँसिदै म भन्थें – उमा म तिमीलाइ माया गर्थें, मलाइ विश्वास छ तिमीले यसलाइ अन्यथा मान्ने छैनौं , मेरो यो अन्तिम अवस्था हो । मेरो हातको वन्दुक तिम्रो हातमा सुम्पेको छु । उमा ! यसलाइ नीरन्तरता दिइ राख्नु होला ।

मेरो होस त्यतिवेला खुल्यो जतिवेला म १० मिटर होइन तिस मिटरभन्दा माथीवाट २० मिटर भन्दापनि तल झरेर उमालाइ समेत अर्को दश मिटर खसाइ सकेको थिएँ । म त मुसलधारे वर्षातमा पनि यस मिठो कल्पनाको सागरमा डुव्दै रहेछु । मैले जुरुक्क उठेर आफ्नो जिउको हिलोको वास्ता गरिन र उमालाइ हात दिएँ उठाउनको लागी । एकछिन उनले रिसालु तर रिस भित्र रुमलिएको मायालु आँखाले मलाइ हेरिन र मैले उठाउनको लागी पसारेको हातलाइ अस्वीकार गर्दै भनिन् – लडाउनेहरुले दिएको हातमा हात मिलाएर मलाइ उठ्नु छैन म आफैं सक्षम छु । उनी यति भनेर उठ्न मात्र के खोजेकि थिइन अर्को पाँच मिटर तल खसालेर प्रकृतिले उनको लागी सजाएँ दिइसकेको थियोे । मैले पनि मौका छोपेर भनिदिएँ – सक्षमताले पूर्णहरु यसैगरि पाँचपाँच मिटर तल भइनैरहन्छन् । उनी झन रिसाइन तरपनि मेरो हात समातारे उठ्न वाध्य भइन । मैले आफुलाइ यसमा सफल भएको महशुष गरें ।

हाम्रो फर्मेशन यसरि नै हातमा हात काँधमा काँध मिलाएर हिड्थ्यो । यहि पंक्तिको एक–एकजना सदस्यको रुपमा उमा र मपनि थियौं । मलाइ लाग्थ्यो उमाको र मेरो एकसाथ यात्रा अरुसंगको भन्दा अलि विशेष छ । कुना कन्दरा पहाडहरुमा, अग्ला–अग्ला लेकहरुमा र तराइका फाँटहरुमा धेरै पटक हामीले एकसाथ मोर्चा सम्हालेका थियौ, धेरैपटक हामीले जनतासंग हातेमालो गरेका थियौं । मैले धेरै पटक आफ्ना व्यक्तिगत कुराहरु उनीलाइ भनेको थिए र उनीलेपनि आफ्ना व्यक्तिगत कुरा मलाइ भनेकि थिइन । तर मेरो मनमा उव्जेको एउटा कुरा मैले उमालाइ त्यो दिनसम्म भन्न सकेको थिइन । त्यो थियो उनी प्रति मेरो मनमा अंकुराउदै गरेको प्रेमको सुभाष । सायद त्यहि भएर होला म उनीसंगको मनोप्रेममा भिन्न–भिन्न तरिकामा र भिन्न–भिन्न शैलीहरुमा दिउसै सपनामा देख्न थालेको थिएँ ।

हिम्मतका साथ मेरो मनको उकुसमुकुस उनलाइ नराख्ने हो भने त्यसपछि मेरो धीरताको वाँध टुट्ने खतरा थियो । मैले कयौं पटक पत्र लेख्दै च्यात्दै गरिसकेको थिए्ँ । मेरा डायरिका पानाहरुमा उनीप्रति उव्जीएका भावनाको लहरहरुले भरिएको थियो । मैले उमालाइ आफ्नो वारेमा भन्नुभन्दा पहिलो मेरा पत्र र डायरिले अरु कसैलाइ भन्ने खतरा वढी रहेको थियो । त्योवाहेक हामी भोलीको रात भिषण लडाइको मोर्चामा जाँदै थियौं । भर्खरै मात्र मैले गरेको फिल्म जस्तो कल्पना सत्य हुने भए अर्थात म त्यस्तै प्रकारको हिरो भएछु भने र उमा त्यस्तै फिल्मको हिरोनी जस्तो ट्याक्क समयमा आइपुगिन भने त ठिकै भो । तर यो नितान्तै कल्पना वाहेक केहि होइन । लडाइमा भिन्न भिन्न मौलिकता अनृुसार वीर हुन सकिन्छ, तर लडाइको घटना व्यवस्थित ढंगले घट्दैन, चाहना अनुसार लडाइ पुरा हुदैन । मानौं सवै कुरा मेरो फिल्मीसपना जसरि मिल्यो रे ल, यदि यसरि मिलेतापनि मलाइ गोलीचाहिं ठिक्क ठाउमा लागेर केहिवेर वाँचेत ठिकै हुन्थ्यो, टाउकैमा गोली लाग्यो भने केको आइ लभ यु ? आमा भन्ने फुर्सदपनि हुँदैन । भो, जतिनै कल्पेपनि मेरो चाहनाको तर नलाग्ने भो । केहि नलागे पछि त्यहि वर्षातको झरिमा चिप्लो वाटो कोपर्र्दै हिंड्दा मैले निर्णय लिएँ– आज म पक्का पनि उमालाइ आफ्नो वारेमा भन्ने छु ।

वेलुकिको सेन्ट्रीमा मैले उमाको भन्दा अगाडी आफ्नो सेन्ट्री वनाएँ । जव मेरो पालो सकियो मैले उमालाइ उठाएर सेन्ट्री पोष्टमा पु¥याएँ । पहिले मैले आफ्नो पालोमा भएको शुरक्षा गतिविधिको रिपोर्ट वुझाएँ । उमाले अँध्यारो रातमा मेरो हातमा भएको राइफल आफ्नो हातमा लिइन । उनको हातले मैले समाति राखेको राइफको ग्रिपमा समात्दा मेरो हात समेत समातियो । – सरि ! उनले हत्तपत्त क्षमायाचना गरिन । मैले केहि छैन भनें । सायद उमाले सोचेकि थिइन अव म त्याहाँवाट जानेछु । तर म कसरी आफ्नो कुरा भनौं भनेर सोच्दै थिएँ । म कयौं प्रयास गर्दै थिएँ तर घाँटिमा आएर मनको कु्रा अड्किन्थ्यो । उमाले केहिवेर त केहि वोलिनन् तर झण्डै पाँच मिनेट वितेपछि भनिन् – तपाइ किन नजानु भएको ? के भन्छन् साथीहरुले ?

मसंग कुनै जवाफ थिएन । रातको कालो छायाँले गर्दा चारैतिर निस्पट थियो । दिनभरि पानी परेको कारण आकाश छ्याङ खुलेको थियो, ढकमक्क तारा चम्केको भएतापनि निस्पट रातलाइ चिर्न ताराको शक्ति पर्याप्त थिएन । हामीहरु एकअर्कालाइ छायाको रुपमा मात्र देख्न सक्थ्यौं । मैले मेरो सारा शक्ति प्रयोग गरेर विस्तारै भनें – उमा मलाइ तपाइसंग एउटा कुरा गर्नु छ ।

– यति राति ? आश्चर्यपूर्वक उमाले प्रतिक्रिया जनाइन । म रातो भएको थिएँ तर मलाइ अध्यारोले जोगाएको थियो –मलाइ अन्यथा ठान्नु हुन्न भने म तपाइलाइ माया गर्छु , मलाइ यो पनि जान्न इच्छा छ तपाइ मलाइ माया गर्न सक्नुहुन्छ कि हुदैन ? मैले एकै सासमा आफ्नो मनको कुरा भनें र वढिरहेको मनको ढुकढुकिलाइ दवाउने प्रयत्न गरें ।

रातको चकमन्नतामा खासखास खुसखुस पनि एउटा हल्लाको श्रोत हुन्थ्यो । उमाले भनिन् – प्लिज यो वेला हामीे यस्तो कुरा गर्ने वेला होइन । किनकि हामी ड्युटिमा छौं । तपाइ जानुस, यसको वारेमा म तपाइसंग पक्का पनि कुरा गरौंला । प्रतिक्रिया जे आएपनि आफ्नो कुरा भन्न सकेकोमा आफुलाइ सफल भएको महशुष गर्दै म आफ्नो सेल्टरमा गएँ । मैले लामो धीरतालाइ तोडेर यति कुरा राख्न सकेकोमा मलाइ ठुलो लडाइ जितेको जस्तो भएको थियो ।

भोलीपल्ट उनले प्रतिक्रियामा भनेकि थिइन । आशिष ! तिमीलाइ यो कुरा पक्का थाहा होला प्रेम, विवाह र दाम्पत्य जीवन कुनैपनि खेला होइन, तिमीलाइ यो पनि थाहा होला म दामाइकि छोरि हुँ र तिमी वाहुनको छोरा । दिर्घकालिन रुपमा तपाईले यसको वारेमा सोच्नु भएको छ कि छैन ?

धत् !, यति जावो कुरामा पनि किन चिन्ता गरेको ? मैले विश्वासपूर्वक वोलेको थिएँ – हामी यहि असमानताको लागी लडाइ लड्न हिडेको मान्छे, यहि विभेदको लागी लडाइ लडेको, अनि यति सानु कुराको निर्णय लिनपनि हामी सक्तैनौं भने के को क्रान्तिकारि ? म यी सव कुरा वुझ्छु र वुझ्न सक्छु । उमा, यसको वारेमा चिन्ता लिने जिम्मा मेरो बाँकि कुरा तपाइको निर्णयको कुरा हो । यस्तै यस्तै लामो कुरापछि अन्तमा उमाले मेरो प्रस्ताव स्वीकार गरिन । भोलीपल्टको लडाइमा हामी एकसाथ सहभागी भयौं । संयोगले भनौं हामी दुवैजनालाइ केहि भएन । केहि समय पछि जनवादी संस्कार अनुसार हाम्रो विवाह भयो ।

तर वितेको तिन वर्षदेखि उनको र मेरो वीचको समन्ध विच्छेद भएको थियो । समन्ध धेरै कुराको विच्छेद भएको छ अहिले, यहि शिलशिलामा उनको र मेरोपनि समन्ध टुटेको भन्दापनि फरक पर्दैन । हाम्रो आधार इलाकाहरुसंगको समन्ध, गाउका गरिव जनतासंगको समन्ध, सामूहिक जीवन शैलीसंगको समन्ध, कम्युनिष्ट भावनाहरुसंगको समन्ध यावत समन्धहरु एकहदसम्म विच्छेद भएको छ र नया समन्धहरु जस्तैः शहरसंगको समन्ध, सुकिलामुकिला संगको समन्ध, पढेलेखेकाहरुसंगको समन्ध, एकलजीवनशैली संगको समन्ध, सवैको अस्तित्वलाइ स्वीकार गर्ने नयाँ नीति संगको समन्धहरु जोडिएको छ र विस्तार भएको छ । क्रान्तिकालमा जस्तो शान्तिकालमा सवै कुरा सहज हुने हैन रहेछ । युद्धकालमा हामीले एउटा सानो साम्यवादनै स्थापना गरेका थियौं । तर आम समाजमा त्यो साम्यवाद लागु हुन समय लाग्थ्योे । समयको यहि परिवर्तन संगै र समन्धहरुको विच्छेद र नयाँ समन्धको स्थापनासंगै मेरो पनि पहिलो वैवाहिक समन्ध विच्छेद भएको थियो र नयाँ समन्धपनि स्थापित भइसकेको थियो ।

शुरुका दिनहरुमा म भित्रको आदर्श कट्टर थियो । अरुका गलत कार्यहरुले मलाइ प्रभाव पार्न सक्तैनन भन्ने मलाइ विश्वास थियो । मैले हेर्दाहेर्दै मेरा साथीका श्रीमतिहरु टिनिक्क परेका पाइन्ट लगाएर हिड्ने भएका थिए । दुइ तिनवटा वच्चाले चुसेका छातिमाथीपनि टाइट भेस्ट लगाएर २०–२२ वर्षे तरुनीको रुपमा देखिने होड चलेको थियो । खानपीनको मिलान र श्रृंगार पेटारको ठिक सन्तुलनले अर्काका स्वास्नि सवै चामलका पिठो जस्ता देखिने भएका थिए । मेरा साथीहरु नयाँ नयाँ फेसनको पहिलो उपयोग गर्थे, नयाँ नयाँ मोवाइलको पहिलो ग्राहक वन्थे । कोहि पढ्न थालेको थिए, को के सिक्न लागेको थिए, को के सिक्न लागेका थिए । शुरुका दिनमा मलाइ यावत कुराहरु गलत हुन भन्ने कारणले प्रभाव पारेको थिएन तर पछिका दिनमा मलाइ यी कुराहरु सहि हुन भन्ने कुराले प्रभाव पारेको हो । मेरो अडानको परिभाषा अलिकति फेरिएको थियो र भन्थें – आजपनि गलत कुराले मलाइ प्रभाव पार्न सक्तैन भन्ने कुरामा म दृढ छु, वरु मेरो अडान फेरिएको होइन हिजोका गलत कुरा सहि रहेछन् भन्ने तथ्य फेरिएको हो । मलाइ लाग्यो अरुहरु सवैजना दक्ष वनीरहेका छन् । यहि कुरा म मेरो श्रीमतिको हर कृयाकलापमा ल्याएर तुलना गर्थें । मेरि श्रीमति न श्रृंगार पेटार गर्छे, न कपडा परिवर्तन नै गर्छे ।, न उसलाइ धेरै भन्दा धेरै सिक्ने इच्छा छ, न अरु भन्दा राम्री वन्ने होड छ, न तरुनी वन्ने सौख छ । मेरो मनमा लाग्न थालेको थियो – कस्ति आइमाइ हो यो त ? कहिले कहिं मुखैलेपनि भन्थें । कहिलेकहिं सिकाइपनि टोपल्थें – अलि मेकअप गर, अलि राम्रा लुगा लगा, अलि तडकभडक देखा अवत परिवेश अनुसार परिवर्तन हुनप¥यो र केहि गर्नु प¥यो नि वावै ! तर ऊ मान्दिन थिइ । यसले मेरो मनमा धेरै राम्रो छाप पारेको थिएन । अर्को कुरा अरु साथीले जस्तौ मैले घरमा श्रीमतिलाइ खुृल्ला दिलका साथ लैजान पाएको थिइन । किनकि मेरा वावु–आमाले मेरि श्रीमतिको जात स्वीकार गरेनन् । परिवारले नै नगरेपछि गाउलेले गर्ने कुरा नै भएन । म गाउमा जाँदा देख्थें, अन्य दौतकिरा श्रीमतिहरुलाइ गाउमा सवैले मान्थे र भन्थे – फलानाकि श्रीमति कति राम्रि ! फलानाले त क्षेत्रिकि छोरि विहे गरेछ, तिलानाले त कम्तिमा पानी चल्नेचाहिं विहे गरेछ है । यावत कुराहरुपनि शुरुका दिनहरुमा मलाइ गलत लाग्थ्यो त्यसैले मलाइ ती कुराहरुले प्रभाव पार्न सकेन । तर आजभोली साम्यवाद नआइसकेको कारण यी कुराहरु नै सहि हुन भन्ने लाग्छ त्यसैले मलाइ समाजका यस्त कुरापनि मन पर्छ नै । तर उमालाइ समाजको कुरा र मेरो शैली नै मन परेनछ, त्यसैले उमाले एकदिन आफैं समन्ध विच्छेदको प्रस्ताव राखिन । मलाइपनि त के खोज्छस कानु आँखा भनेजस्तो भएको थियो । मैले वाहिर दुख व्यक्त गरेको नाटक गर्दै मनमनमा हजार गुना खुशि व्यक्त गर्दै हुन्छ भनें र औपचारिक रुपमा पार्टिले नै हाम्रो समन्धको विच्छेद गरिदियो ।

त्यसको महिनादिन वित्न नपाउदै मेरो नजरमा एकजना ‘नव क्रान्तिकारि ’ आइन, उनी माओवादी थिइनन तर गैर वामपन्थी होइनन् । यसैमा मलाइ लाग्यो उनीसंग मेरो विचार लगभग मिल्ने रहेछ, बाँकि म वनाउनेछु । उनको आँखा गाजलको घेरामा सजिएको थियो । हल्का लिपस्टिकको पोताइमा ओठ सुन्तला को केस्रा जस्तो थियो । फेर एन्ड लभलिको साथमा उनका गाला राता थिए । छिनेको कम्मर र उठेको छातिमाथी टाइट भेस्ट र जिन पाइन्टले उनको शरिर कोका कोलाको वोतल जस्तो देखिएको थियो । उनी पढाइमा पनि कम्ति थिइनन् । उमेरले वाइस नकाटेकि । मलाइ लाग्यो मेरो सपनाको क्रान्तिकारि यीनै हुन । जम्मा जम्मि दुइ दिनको नजर हानाहानमा मैले नै उनलाइ प्रस्ताव राखें । उनले सतप्रतिशत ओके गरिन । म प्रफुल्ल भएँ । उनको साथ पाएर मैले यस्तो कल्पना गरें – वास्तवमा प्रेम होस त यस्तो । अर्थात हाम्रो भर्खर भइरहेको जस्तो । मैले उनलाइ असाध्य माया गर्थें, मलाइ लाग्थ्यो उनलेपनि मलाइ यतिनै माया गर्छिन । हुनपनि संका गर्नुपर्ने ठाउनै कहाँ थियो र ? उनी पढ्दै थिइन म उनलाइ सघाउदै थिएँ । यहि क्रममा मैले पार्टिलाइ हामी वीचको विवाहलाइ वैधानिकता दिनको लागी प्रस्ताव गरें । वाँकिपनि के थियो र आखिर, बाँकि थियो त केवल त्यहि वैधानिकता मात्र । पार्टिलेपनि स्वीकार ग¥यो र हाम्रो नयाँ समन्ध स्थापित भयो । विवाहपछिपनि उनी रातको समयमा आउनकि दिनको मध्यमा हिड्डुल गरुन मलाइ कुनै मतलव थिएन । उनी दिनभर के काम गर्छिन भन्ने कुराको मलाइ कुनै चिन्ता थिएन । मेरो परिवारले पनि कुनै प्रतिक्रियाविना उनलाइ स्वीकारमात्र होइन हर्ष व्यक्त गरेको थियो । वावुले मैले उनलाइ लगेको दिन भनेका थिए – वल्ल छोराले इज्जत राखिदियो । यसले गर्दा मेरो परिवारमा सुमधुरता छाएको थियो । नयाँ वहार ल्याएको थियो ।

शान्तिकाल संवेदनशिलतावाट अगाडी वढीरहेको थियो । माओवादीहरु विग्रीएका छन् भन्ने तर्क व्याप्त थियो । तर मेरो कुरा गर्ने हो भने म यसलाइ सत प्रतिशत झुठको खेति भन्ने गर्थें । मजस्ता धेरै मेरा ‘महान योद्धाहरु’ यसै भन्छन् । यदि यसै हो भने कसरि विग्रीयौं ? यो हामीले हामीलाइ नै गरेको प्रश्न थियो । हामी यसको उत्तर आफैं दिन्थ्यौं सहज ढंगले । पार्टिलाइ कठपुतलि सरकारले पेल्दै थियो । कठपुतलि सरकारको समय एकवर्ष पुगेको थियो । संविधानसभाको म्याद दुइवर्ष पुग्दै थियो । अव केहि दिनभित्रमा संविधान सभाको म्याद सकिएर यसको पनि अन्त हुँदै थियो । पार्टिले यसैलाइ इसु वनाएर शान्ति, नयाँ संविधान, नागरिक सर्वोच्चता र राष्टिय स्वाधिनताको नारालाइ अगाडी वढाउदै आम हड्तालको घोषणा गरेको थियो । गाउँका जनता सडकमा थिए । झुम्रा लुगा लगाएका र चप्पल लगाएका लाखौं जनताहरु नारा लगाउदै र क्रान्तिको गितमा नाँच्दै थिए । तर सडकमा हिजोअस्ति देखिने किरिम पाउडरवालीहरु, नया फेसनको सौखिनदारहरु कम देखिएका थिए । उमाले एउटा मोर्चा सम्हालेकि थिइन । उनी आफ्नो नेतृत्वमा भएको जनमासलाइ व्यवस्थित गर्नको लागी यतिधेरै खटेकि थिइन उनको पसिना पसिना भएको थियो । सल झिकेर कम्मरमा वाधेकि थिइन, कहिले नारा लगाउथिन, कहिले गित गाउथिन र कहिले नाच्न भ्याउथिन । तर मेरि नयाँ श्रीमति एकदिनपनि आन्दोलनमा देखिइनन् । मैले सोध्दा भन्थिन मेरोपनि त कार्यक्षेत्र छ नि । म पत्याइदिन्थें । एकाएक आन्दोलनको अन्तिम दिनतिर एकझुण्ड त्यस्ता मान्छेहरुको जमात देखियो जसमा पुरुषहरु सुटमा सजिएका थिए भने महिलाहरु त्यस्तै त्यस्तै पोसाकमा क्याटवाक गर्ने खालका थिए । उनीहरुले एक हातमा सेता परेवा वोकेका थिए र अर्को हात खुँडा र खुकुरि लुकाएका थिए । उनीहरु भन्दै थिए – यो शान्तिको लागी अभियान हो । यहि हुलमा मैले मेरो नयाँ श्रीमतिलाइपनि देखें । म भिड छिचल्दै उनलाइ वोलाउनको लागी अगाडी वढ्दै थिएँ । विस्तारै ती परेवावालाहरु आन्दोलनकारि गाउलेहरुको नजिकै आए, एक हातमा भएको परेवालाइ आकाशमा उडाए र लुकाएर राखेको अर्को हातको भाला निकाल्दै आन्दोलनकारिलाइ हान्न लागे । कसैले आन्दोल र आन्दोलनकारिको विरुद्धमा नारा लगाउन थाले, कसैले ढुंगा वर्साउन लागे । यतिकैमा मैले आफ्नाी नयाँ श्रीमतिलाइ एक हातमा ढुंगा र एक हातमा खुकुरि वोकेर मैतिर आइरहेको देखें, म उनैलाइ समात्नको लागी भिडवाट उतै दगुर्दै थिएँ । नजिक पुगेर मैले उनलाइ वोलाउन मात्र के भ्याएको थिएँ उनको हातको ढुंगो मेरो पुरपुरोमा सोझियो । म भुईमा पर्लक्क ढलें र एकपटक उनको अनुहारमा हेर्न भ्याएँ उनी व्यंग्यात्मक मुस्कान सहित परेवा र खुंडा–खुकुरिवालहरुको ‘अहिंसात्मक’ जुलुसमा हराइन । म जुलुसको भिडमा किचिमिचि हुन लागीरहेको थिएँ । मेरो होस हराउदै थियो, हत्तपत्त मलाइ ग्वाम्म अंगालोर हालेर कसैले उठायो र काँधमा जुरुक्क उठाएर भिड भन्दा वाहिर रोकेको एम्वुलेन्समा सुताइयो । एम्वुलेन्स आवाजले अन्य आवाजहरुलाइ पराजित गरेर चिच्याउन शुरु गर्दै मानवभिड छिचलेर अगाडी वढ्यो । जव मैले आँखा खोलें मेरो छेउमा वसेर मेरो कपाल सुम्सुमाउदै गर्ने अर्थात आन्दोलनको भिडवाट मलाइ वोकेर ल्याउने व्यक्ति उनै मेरि उमा थिइन । उनको हात मेरो कपालमा विस्तारै चल्दै थियो तर आँखा एम्वुलेन्स भन्दा वाहिरको हुइकिरहेको दृष्यमा एकोहोरीएको थियो । यस्ते लाग्थ्यो उनी त्यो वेगवान दृष्यमा केहि खोजीरहेकी छिन । मेरो आँखा आशुले टम्म भरिए, पश्चातापले छाति जल्न लाग्यो, उनी आफ्नो रुमाल झिकेर मेरो टाउकोको रगत पुछिदिंन थालिन म उनलाइ हेरिरहें एम्वुलेन्सको आवाज निरन्तर वजिरहयो मेरो जाति जलिरहयो ।

– सरल सहयात्री
चितवन शक्तिखोर

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.