~अरुणबहादुर खत्री “नदी”~
१
चिठी लेख्दा आज कविता भयो
किन किन यो हृदय चञ्चल रह्यो
प्रकृतिको प्रेमी म प्रकृतिसँगै रमाउँछु
सुन्दरताको प्रतिबिम्ब मेरो मन बग्यो ।
२
बिदेसिनु भो देश छोडी सलाम हजुरलाई
सञ्चै छ या बिसञ्चो के छ हजुरलाई
स्वदेशमै काम गर्नु भन्नुहुन्थ्यो अरुलाई
नेपालमै काम गर्न रुचेन किन हजुरलाई ।
३
मेरो मनभित्रको यो घाउलाई कोट्याउने नगर
अर्काको सत्प्रयासमा बाधा पुर्याउने नगर
गरीब मान्छेहरुलाई कदाचित हेप्ने नगर
आफूले जानेको कुरा अरुलाई सिकाउने गर ।
४
संविधान बनाउन नसकेर विवाद चलिरहेछ
जनताको मन अस्थिरताले बिचलित भइरहेछ
छातीमा गोली थापेर शहीद भए धेरै सपूत
उता प्रधानमन्त्रीको होडमा दौडिरहेछन् नेता बहुत ।
– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )