~रुमानी राई~
धने र मने बिचको मित्रता बाल्यकालदेखी नै सुरु भएको हो ।
धने धनी बाउको छोरा-उसको लवाइख्वाई र फाँइफुट्टी अलिक माथ्लै स्तरको हुने नै भयो । मने गरिब किसानको छोरा-अर्थात ऊ मनको धनी तर धनको गरिब । अझ,धने सहरिया । मने सधारण गाउँले । यति हुँदाहुँदै पनि उनिहरुबिच यति गहिरो मित्रता गाँसियो कि मानौं उनिहरु एक सिङ्गो ऐना हुन् । जुन फुट्नु ऐनाको अस्तित्व जस्तै मित्रताको अन्त्य हुनु हो । हाट्बजार,मेला,पुस्तकालय,साहित्यिक कार्यक्रम,गाउँघरको कुनै पनि मरिमराउ,बिहेभोजतिर उनिहरु संंगै देखिनु कुनै आश्चर्य होओइन । उस्तै जाँगरिला-सबैसित भिजेका । भन्नेहरुले भन्थे,साथी हुनु त धने र मने जस्तो ।
कालान्तरमा,मनेलाई केही रकमको खाँचो पर्यो र गुहार्यो धनेलाई । साथिसाथिबिच पैसाको लेनदेन गर्नु हुँदैन-किन कि पैसाको मुख कालो हुन्छ भने पनि आखिर धनेले केही रकम जोहो गरिनै दियो मनेलाई । एकमुष्ट रमम तिर्न नसके पनि त्यस्तै भर अभरमा आफ्नो गाँस काटेरै भए पनि केही रकम जोहो गरिदिएकै थियो मनेले पनि ।
एकदिन बल्लबल्ल मनेले साथी धनेको रकम फिर्ता गर्यो-आफूले जोहो गरिदिएको रकम पनि काटेर । एकाएक साथिभाइबिच,गाउँघरभरी हल्ला फिजियो-मनेले धनेको पूरा ऋण तिर्न सकेन-खाइदियो । यो थाहा पाएर आफ्नो पाउँदार रकम पनि थपिदियो मनेले । अब बिस्तारै उनिहरुबिच भेटघाट पत्लीइदै गयो । २०१
[ २५ अप्रिल २०१४,मलेसिया । ]
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)