कविता : म वेश्या रे ?

~मुस्कान बोध~

म वेश्या रे ?
मलाई कसले बनायो वेश्या ?
के यही समाज अनि समाजका
ठेकेदारहरू नै होइनन र !
मलाइ यो उपाधि दिने तिनीहरू नभइदिए
के यो वेश्याको जन्म हुन्थ्यो होला र ?
देख्नेहरूले मलाई नै गलत अनि कलंकित देख्छन्
मेरो बाध्यता अनि तिनीहरूको प्यास देख्दैनन्
तिनिहरूको कुण्ठित मानसिकता अनि
वासनामा लिप्त भएको नजर देख्दैनन्
आदिकालदेखि नै मेरो शरीर भोग गर्दै आएका
के यी कथित पुरुष नै होइनन् र ?

जसले मलाई वेश्या भन्छन्
मैले शरीर बेचे पनि
विश्वास अनि इमानदारी बेचेकी छैन
तर, म कहाँ आउने हरेकले आफ्नो
इमानदारी र विस्वास धितो राखेको देखेकी छु
आफ्नै शरीर सम्झिने पत्नीलाई घात गर्छन्
म कहाँ आउने हरेक लोग्नेमान्छेहरू
अनि आपूm निकै पवित्र भएको ढोङ गर्छन्
आपूm पुरुष भएकोमा खोक्रो गर्व गर्छन्
दिनमा मलाई समाजको विकृति भन्नेहरू
रात्रिको अँधेरीमा यही शरीर लुछ्न आउँछन्
अनि स्वर्गीय आनन्दको वयान गर्छन्

दुःख लाग्छ, पेटको लागि शरीर बेच्नु परेकोमा
तर, गर्वले भन्छु, कुनै गलत कार्य गरेको छैन
आफ्नो पेसामा घात गरेकी छैन
अनि आफ्नो इमान र धर्म बेचेकी छैन
जति प्यासी आएका छन्, तृप्त बनाएकै छु
चाहे धनी हुन या गरिब मेरालागि समान छन्
बनाउने ईश्वरले यस्तै बनाइदिए
यो जुनीमा कुनै गुनासो छैन, ईश्वरसँग पनि
ईश्वरले नै दिएको शरीर
उनकै कृतिले भोग गर्दै छन्
ईश्वरमै समर्पित जीवन यो
तिनमै एकदिन मिलि जानेछु ।

(स्रोत : सौर्य दैनिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.