गीत : गाजलु आँखा

~केशर देवकोटा~

गाजलु आँखाले हेर्छ्यौ नि
मधुर मुस्कान तिम्रो लै
गाजलु आँखाले हेर्छ्यौ नि
सधैँ म त्यसमा खुसी छु ।

भन्छ यो मन केही बोलु
तर के बोल्ने थाह छैन
मायालु भाकाले बोल्छ्यौ नि
हँसिलो तिम्रो मुहार लै ।

भन्छ यो मन केही भनु
तर के भन्ने थाह छैन
लयालु स्वरले बोल्छ्यौ नि
हिस्सी परेकी तिमी लै ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.