~अमृत सिङ थिङ~
बाँजो खेतमा खसाउ तिम्रो पसिना
सुनको वाला लहकिनेछ त्यहाँ
भिर पाखामा पोखाउ तिम्रो पाैंरख
लहरा बनि झाँगिने छ त्यहाँ
जहाँ पसिनाको थोपा खस्नेछ
माटो उर्वर र अर्गानिक बन्नेछ
अरुको नोकर चाकर बन्ने तिमी आफ्नो मालिक आफै बन्नेछ
जुन माटोमा तिमीले जन्म लियौ माटोको रंग हरुमा आफुलाई मिसाउ
तिम्रो आत्मिक साहासी मनलाई
पाँखा पखेरो भित्ता भित्तामा फिजांऊ
किन चुवाउछौ बालुवामा पसिना
उम्रिदैन त्यहाँ कहिले पनि
आफ्नो बनी बुतोमा बाँच्न सिक खुसी र हाँसी जहिले पनि ।।
अमृत सिङ थिङ
हाल : मलेसिया
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )