कविता : ऊ कुनै नाम छान्दैन

~श्यामल~Shyamal_1

बुस, गोर्भाचोभ, तेङ वा राजीव गान्धी
अहँ, ऊ कुनै नाम छान्दैन
कुनै पनि नाम
सद्दाम होस्
चाहे कुवेतको अमीरको नाम होस्
या अली खमेनीको
मैले थुप्रै नाम दिएँ
तर ऊ नाम छान्दैन
ऊ कसैलाई महान् मान्दैन
सस्र्यूँको बोटमाथि टप्केको
एक थोपा शीतको ऐनामा
हिजो उसले हे¥यो आफ्नो सफा अनुहार
र आज साँझ पियो
दुई गिलास रक्सी
मैले उसलाई भनेँ– बुस, गोर्भाचोभ
अहँ, ऊ कुनै नाम छान्दैन
वश,
एउटा नाम उसलाई मन पर्छ–
कोक कारखानाबाट निकालिएको
कुनै हरुवा मजदुरको नाम
जितबहादुर
जो ऊ आफैँ हो
मैले उसलाई भनेँ–
बुस, गोर्भाचोभ
तर ऊ कुनै नाम छान्दैन।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.