गीत : ढुङ्गा मैन बन्दछ

~एम सि सुमित~

साहस यो अटल बोके ढुङ्गा मैन बन्दछ
पटक हारेर त के भो शत्रु आँफै ढल्दछ

लडेरै लक्ष भेट्नु छ त पछी किन सरौँला र ! ?
नजलाए क्रान्तिको ज्वाला कहाँँ मुक्ती मिल्छ र !?
छातीमा गोली लागे पनि मुटु नफुटे पुग्छ
यि हात बाँधेर पो के भो नेल आँफै चुट्छ ।

यदी यो देश बाँच्छ भने मर्न परे मरौँला
नलगाए रगतको टिका कैले देश बन्छ र !?
कतै यो शिर झ्कुछ भने देशकी लागि झुक्छ
कतै यो पिर दुख्छ भने देशकाइ लागि दुख्छ
बिहान छेकेर पो के भो रात आँफै छुट्छ ।

(स्रोत : एबिसिखबर डट कम)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.