लघुकथा : कृष्णप्यारीको तीर्थाटन

~दिपक अभिमन्यू~

आज अचानक कृष्णप्यारी काठमाण्डौं आईपुगी आफ्ना प्रियतमलाई भेट्न।जब उसले आफ्ना प्रियतमलाई भेटि उसको खुशीको सिमा थिएन।उ यसपटकको काठमाण्डौं यात्रामा आफ्ना प्रियतमसङ्ग हराउन र उसको मायामा डुब्न चाहान्थि।बर्षौपछि आफ्ना प्रियतमलाई भेट्दा उसले सारा संसार बिर्सीई।भेट्ने बित्तिक्कै कसैको पर्वाह नगरि गमलङ्ग अङ्गालोमा बेरि उसले र बारबार अधरमा चुम्बन गरि।हेर्नेहरु उल्टै देखेको नदेखेझैं गर्दै आ आफ्नो बाटो तताए।लामो समयपछि अङ्गालोमा बेरिन पाएकी कृष्णप्यारी निकैबेर त्यो बन्धनबाट फुत्किन चाहिन।निकैबेरपछि उ अलग भई अङ्गालोबाट।त्यसपछि उ कन्हैयाका साथमा कन्हैयाको कोठामा पुगि।दुबै बर्षौसम्म मनमा गुम्सीएर रहेका तितामिठा मनका कुराहरु एक अर्कालाई सुनाउँदै अनि एकअर्काको मुटुको ढुकढुकी महसुस गर्दै बर्षौंसम्म एकअर्कालाई पोख्न नपाएका दुख पीडा हाँसोखुशी बाँड्दै आँखा झिमीक्क नगरि रात बिताए तथापि आँखामा निन्द्राको अलिकति नि आभाष थिएन।

भोली पल्ट उनीहरु काठमाण्डौंमा रहेका पवित्र धार्मिक स्थलहरु घुम्दै गए।जीवनमा देखेका सपनासंगै मनभरिका आशा र आकांक्षाहरु पुरा हउन भन्दै भगवानका पाउमा शिर नुहाउदै आशिर्वाद बटुल्दै गए दुबैले। डुल्दै जाँदा अनायास बाटोमा पानी पर्यो न साथमा छाता थियो न कुनै पानी ओत्ने सामान। उनीहरु बाईक रोकेर नजिकैको उतिसको फेदमा ओता लागे।कृष्णप्यारीलाई पानीमा भिज्न साह्रै रमाईलो लाग्थ्यो झन आज त सुनमा सुगन्ध झैं भाथ्यो उसलाई। साथमा प्रियतम अनि बर्षात उसको मन यति चञ्चल भयो उ रोकिन सकिन।

कन्हैयालाई समेत उतिसको फेदबाट तानेर सडकमा ल्याई अनि दुबै हात फैलाएर भिज्न थाली र कन्हैयालाई पनि भिजाई। पानीले भिजेर उसको शरिरका लुगा शरिरमा चिपीक्क टाँसिए।उसको शरिरका हरेक अङ्गका साईज सहजै अनुमान गर्न सक्ने भएको थियो। मानौं उ कुनै फिल्मको ग्लामरस सुटिङ्ग पोज दिदैछ बर्षातको रुझ्ने सिनमा।पानीमा मुसो रुझे झैं रुझेकी उसको उन्मत्त वैंशलाई उसका पातला पहिरनबाट जो कोहिले सहजै नियाल्न सक्ने अवस्था बनेको थियो।उ दुनियाँको कुनै पर्वाह नगरि निर्धक्क भिज्दै थिइ र कन्हैयालाई समेत भिजाउदै थिई मायाले।

प्राकृतिक सौन्दर्यताको रसपान गर्दै उनीहरु दुनियाँलाई बिर्सेर रमाउँदै गए।साँझ आराध्यदेव पशुपतिनाथको सन्ध्याकालिन आरतिमा कन्हैयाको बाहुपासमा रहेर सहभागी हुदाको क्षण सायदै कृष्णप्यारीले कल्पना गरेकी थिइ। कृष्णप्यारी किन आज यतिखेरसम्म उठेकी छैनौ के सञ्चो छैन कि के हो ? आज ८ बजे टवल मिटिङ्ग छ समयमै आउ है भनेर ढोका ढकढकाएको आवाजले उ निन्द्राबाट बिउँझिइ।एकछिन फेरि आँखा चिम्लिई त्यो मिठो सपनालाई उ भूल्न चाहान्नथी।उसले सपनामा देखेका ती मिठा हरेक पललाई सम्झदै मनभित्र कैद गरि र आँखा खोली अनि मुस्कुराउँदै अनि गुनगुनाउँदै थिई मेरो प्यारो दिलको राजा लभ यूऽऽऽऽऽऽऽसोऽऽऽऽऽऽऽमचऽऽऽऽऽऽऽऽ।उ यस्तै यस्तै के के के के नबुझिने कुरा बरबराउदै नुहाउन थाली।

(स्रोत : हाम्रोदमक डट कम)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.