~हिरारत्न श्रीशा~
मलाई यो चाडपर्व हुन्छ कागलाई बेलसरी
गरिबको जिन्दगी यो सधै साउने भेलसरी
युगौदेखि पिल्सिएर बाँचेको छु यो समाजमा
हर खुशीमा बन्देज छ, भा छ जीवन जेलसरी
दशै आउँछ दशा जस्तै भै गरिबलाई लुटि मार्न
नियतिले जिन्दगीलाई पारिदिन्छ खेलसरी
गरिबको आँसु सस्तो बनाउँछ शोषकले
निमुखाको मूल्य छैन उसको आँसु तेलसरी
हर लडाई जित्छ उसले पैसाको आडमा यहाँ
मैले जित्दा उसको अघि हुँदोरैछ फेलसरी
–वाङला, अर्घाखाँची (हाल कुवेत)
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ४४ – Sep. 25, 2013 – २०७० असोज ९ गते, बुधबार)