~मदन राई ‘लामाखुले’~
ऊ उड्छ आकशमा
ऊमाथि घोडा चड्छ
करेली खैंचेर घोडाले उस्लाई दौडाउछ्
हातमा कुचिको सिर्कना लिएर
शसी शाहको टाउकोमा
दुख्ने गरी हिर्काउछ,
अनि महाभारत युद्ध भए ठाउँतिर
बुर्कुसी मार्छ,
कस्तो मुर्ख घोडाहरू
सजिलो बाटो हिड्नै मान्दैन
अफ्ठेरो मात्र खेद्छ
बाटाको अफ्टेरो ढिस्कोहरू
पिछाडिको खुट्टाको टापले भत्काउँने आदेश दिन्छ,
अगाडिको दुई खुट्टाले
भुई खोस्रदै भविष्यका लिलिपुट मान्छेहरू हिड्ने बाटो बनाउछ,
कस्तो अजीव घोडाहरू
मान्छेको टाउका माथि चढेर,
आकाश पाताल डुल्ने ।
सीमा हिन संसार घुम्ने,
ऊ घोडा जस्तो मान्छे ।
ऊ मान्छे जसतो घाडा
घाँस पनि खान्छ, दाल भात जे भेटे पनि खाइदिन्छ,
हरियो घाँसे मैदान खोज्दै खोज्दै हिड्छ
ऊ भोकै, भोकाउछ ।
भोकै दगुर्न सक्छ,
फेरि पनि, यता फर्केर
शशि शाहलाई सोध्न सक्छ,
के हिन हिनाई दिउँ ?
सन्सार थर्काई दिउँ ?
के ज्वालामुखीबाट निस्कने लाभालाई
खुट्टाको टापले कुल्चेर
शान्त महासागर बनाई दिउँ ?
… लामाखुले …
२०६४।४।६