~हुमाकान्त आचार्य~
आपत्ति पर्यो विपत्ति पर्यो
पर्यो नि बज्रपात
भन्दै रुदैछिन नेपाल आमा
खोज्दै लौ हाम्रो साथ
यो काख लुट्यो, सिन्दुर पुछियो
छुटायो साथ पनि
आकाशमुनि बस्दैछु रुदै
लगिदियो बास पनि
मुकदर्शक बन्छ देशको शासक
छैन केही उद्धार
कोसँग पोखुँ दुःखको व्यथा
कहाँ खोजुँ गुहार
यो छाति चिरी मुटु नि फाट्यो
सन्तानको वियोगमा
सक्दैन सहन आउ फर्की छिट्टो
परदेशी सन्तान ।
–दाङ (हाल कतार)
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क २३ – May 6, 2015 – २०७२ बैशाख २३ गते, बुधबार)