~कल्पना पौडेल “जिज्ञासु”~
चिल्ला कारभित्र रोडमा नेता भेटिन्छन्
पैसै पैसा फल्ने बोटमा नेता भेटिन्छन्
चुनावको बेला मात्र गरिबको आगनीमा
मतपेटिका भित्र भोटमा नेता भेटिन्छन्
अत्याचारले रूवाईएका नेपाली जनताका
बल्झिरहने ती चोटमा नेता भेटिन्छन्
गुन्डागर्दी गर्दै आतंक फैलाएर यहाँ
सबै अपराधका खोटमा नेता भेटिन्छन्
झुक्याएर सोझा मन कुर्सीमा पुगेपछि
भ्रष्टाचारी काला नोटमा नेता भेटिन्छन्
कल्पना पौडेल “जिज्ञासु” गैडाकोट–४, नवलपरासी (हाल इजरायल)
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ११ – Jan, 23, 2013 – २०६९ माघ १० गते, बुधबार )