~प्रज्वल अधिकारी~
केही जड्याहाहरू
दिनदहाडै भट्टी पसेर
रक्सिको इज्जत लुटेर निस्केका छन!
स्खलित भएर निस्केका उनीहरुको-
होस हराएको छ
शरीर बेहालत हल्लिएको छ
कोहि नग्न सरि छन
कोहि छाद्दै छन
उनीहरुले निर्मम चुसेर छोडेका
कुखुराका छाती र फिलाका हड्डिहरू
यत्रतत्र छरिएका छन
गिलासका ओठहरू शिथिल देखिन्छन
भट्टिभरी गन्हाएको छ
पोखिएको रक्सि
भरिएको रक्सिको जर्किन रित्तिएर मिल्किएको छ
तर आज
घटनाको परिणाम बिक्लुल उल्टो आएको छ
बलात्कारमा परेका
ग्लास,जर्किन र रक्सीहरू
छिनभरमै आ-आफ्नो
पुर्वावस्थामा फर्किएका छन भने
बलात्कारिहरूको
घटना स्थलभन्दा केही पर
बाटोमा देहावसान भएको छ।